निधारमा रातो अबिर गलामा सयपत्री फुलको माला अनि हातमा सम्मान पत्र चलचित्र बिकास बोर्डका नव नियुक्त अध्यक्ष गणेश भण्डारीलाई चलचित्र निर्माता संघले एक समाहरोहको आयोजना गरी बधाई ज्ञापन गर्नुका साथै स्वागत गर्दाको दृष्य यस्तो थियो । तर त्यो दृष्यको केही क्षणमा नै अर्को एउटा परिवर्तन आयो ।
ठ्याक्कै चलचित्रमा जस्तै केही समय यता चलचित्र निर्माताहरुको चर्को दबाब आएको भन्दै निर्माताका समस्या बारे निकै नै जुर्मुराएको निर्माता संघले स्वागत गर्दा कै क्षणमा बोर्डका अध्यक्षलाई पनि बाँकी छोडेन । यहि कार्यक्रममा निर्माता संघले आफ्नो तर्फबाट बिभिन्न माग सहितको अबधारणा पत्र बोर्ड अध्यक्षलाई बुझाएको छ ।
बिभिन्न पक्षले संक्रमणकालको नाजायज फाइदा उठाउने परिपाटी बसेको चलचित्र प्रति दर्शकहरुको आकर्षण फितलो हुदै गएको, अधिक शो प्रदर्शनका कारण निर्माताहरु मारमा परेको, एकैदिन एउटै हलमा दुइ भाषका चलचित्र प्रदर्शनन हुनु, बिशेष चलचित्रको चयनमा देखिएको बिबाद, चलचित्र जाँच समितीमा निर्माता संघको प्रतिनिधित्व, नेपाली चलचित्रको बर्गीकरण गर्नुपर्ने स्पष्ट चलचित्र निती आउनु पर्ने, चलचित्र क्षेत्रलाई उद्योगलाई दर्जा दिइनु पर्ने र चलचित्रको संबैधानीक ब्यवस्था मिलाइनु पर्ने लगायतका मागहरु चलचित्र बिकास बोर्ड समक्ष पेश गरेको छ । साथै बिकास बोर्डका लागी बिभिन्न १० बुँदामा सुझाव समेत दिएको छ ।
४ पेज लामो अवधारणा पत्र पढेर सुनाउदै संघका सचिब सुरेशदर्पण पोखरेलले एउटै घरका सदस्य भएका कारण एउटा सदस्यले घर सुधारका लागी अर्को सदस्यलाई केही कुरा माग गर्नु र सुझाव दिनुलाई बोर्डले सहर्ष स्वीकार गर्नु पर्ने बताएका थिए । संयोग नै भनौ उक्त कार्यक्रममा बोल्दै चलचित्र बिकास बोर्डका अध्यक्ष गणेश भण्डारीले यि मागहरु आफ्नै कार्ययोजना जस्तै भएको बताए । उनले सबै बुँदा नभए पनि केही बुँदाहरु बोर्डको पहिलो बैठकले सम्बोधन गर्ने प्रतिबद्धता समेत जनाएका छन् । उनले अहिले चलचित्र क्षेत्र अनकण्टार जंगलबाट बाहीर निस्कने क्रममा रहेको र पनि फेरी ठुलो जंगल छिचल्न बाँकि रहेको बताए ।
सो कार्यक्रममा बोल्दै चलचित्र संघका अध्यक्ष राजकुमार पोखरेलले चलचित्र बिकास बोर्डका अध्यक्ष गणेश भण्डारीको खुलेर प्रसंसा गरे । सबै मिलेर सहयात्रा गर्न सके जंगार तरिन्छ भन्ने भण्डारीको यो क्षेत्रमा केही गर्छु भन्ने सोचका कारण आफु प्रभावित भएको उनको भनाइ छ । उनले भण्डारीलाई सफलताको शुभकामना दिदै हर क्षण चलचित्र संघको साथ रहने बताएका छन् । यस्तै कार्यक्रममा बोल्दै निर्माता संघका अध्यक्ष राजकुमार राईले यि मागहरु निर्माताको मात्र नभएर समग्र चलचित्र क्षेत्रको भएको बताए। उनले आफ्ना मागहरु प्रति बोर्ड अध्यक्ष सकारात्मक देखिएकोमा खुशि ब्यक्त गर्दै कार्यान्वयन हुने आशा ब्यक्त गरे ।