चलचित्र हेर्दा जब एक पछि अर्को सस्पेन्स खुल्दै जान्छ दर्शकहरु झन् भन्दा झन् बढी उत्साही हुँदै चलचित्र हेर्न थाल्दछन् । चलचित्र अवधिभर दर्शकलाई सहजै हलमा बाँधी राख्नको लागी चलचित्रको कथामा सस्पेन्स अति आवश्यक हुने गर्दछ । यसमा सायद कसैको दुई मत नहोला ।
चलचित्रको पर्दामा सस्पेन्स हुँदा दर्शकहरु हलमा सहजै बाधिए झैं चलचित्रसँग सम्बन्धित बिषयमा एक पछि अर्को गर्दै सस्पेन्सहरु खुल्दै जाँदा चलचित्रकर्मी र चलचित्र पत्रकारहरु सहजै त्यस तर्फ तानिदा रहेछन् । यस्तै भएको छ चलचित्र दुलहीका हकमा । सर्वप्रथम निर्माता हर्षिता केसी नै सस्पेन्समा रहिन् । फिल्मीखबरले निर्माता को हुन् र कहाँ छन् भन्ने बारे चासोको साथ समाचार प्रकाशन गरेपछि साचारमाध्यको निरन्तर फलोअपका कारण चलचित्रको गीति एल्बम सार्वजनिक समारोहमा उनि सार्वजनिक भइन् । उनि सार्वजनिक हुँदा उपस्थित चलचित्रकर्मी सबै भावबिह्वल भए ।
एक पछि अर्को सस्पेन्स खोल्दै आएको दुलही युनिटले यहि २५ गते बुधबार साँझ ४ बजे चलचित्रको प्रिमियर शोको आयोजना गर्दै छ । उक्त शोमा पनि एउटा सस्पेन्स खोल्ने बताएका निर्देशक बाबुराम ढकालले भने अहिले सम्म सो सस्पेन्सका बारेमा केही बताएका छैनन् । केही दिनको मुम्बइ बसाई पछि चलचित्रको सम्पुर्ण काम सकेर शुक्रबार नेपाल आएका उनले सो सस्पेन्सबारे सोध्दा २५ गते एक आयोजना हुने प्रिमियर शोमा नै जानकारी दिने बताए ।
केही उडन्ते खबरहरुका अनुसार उक्त दिन निर्देशक ढकालले आफ्नो रियल लाइफको दुलहीको घोषणा गर्ने हल्ला ब्यापक चलेको छ । यो हल्ला पछि हामीले ढकाललाई तपाईंले त आफ्नो रियल लाइफको दुलहीको घोषणा गर्दै हुनुहुन्छ रे ! भनेर सोध्दा उनि हल्का लजाए तर केही प्रतिक्रिया दिएनन् । भनिन्छ नि लजाउनु नै मौन स्विकृती हो । त्यसैले पनि निर्देशक ढकालले बिहेको घोषणा गर्न लागेको चुईंको पक्का हुन सक्छ । तर ठोकुवा गर्न भन्ने सक्ने अवस्था छैन ।
निर्देशक ढकालले बिहे गर्ने हल्ल अरूले चलाए पनि उनले भने केहि नभनेकोले यो सत्य नहुन पनि सक्ने अवस्था छ । यदि यो उडन्ते खबर सत्य हैन भने निर्देशक ज्यू यो गीत एक पटक गाउनु होला है । 'यि हल्लाहरु हुन् तिमीले सुनेका कसैसँग मैले प्रिती गाँस्या छैन...'