चलचित्र बिकास बोर्डका अध्यक्ष गणेश भण्डारीलाई सम्मान र बधाई थाप्न भ्याइ नभ्याइ छ । बोर्डको अध्यक्ष नियुक्त भए लगत्तै बधाईको ओइरो पाएका भण्डारीलाई पछिल्लो समय भने चलचित्रसँग सम्बन्धित संघ सस्थाहरुको संस्थागत स्वागत तथा बधाई समाहरोहको आयोजना गरेर काम गर्नका लागि हौसाई रहेका छन् ।
अझ चलचित्र निर्माता संघले त हिजो स्वागत कार्यक्रम मात्र हैन अघिल्लो कार्यकालमा राम्रो काम गरेको भनेर सम्मान पनि गरेको थियो । त्यसले आज पनि निरन्तरता पायो । आज भने भण्डारीलाई स्वागत गर्ने संस्था थियो नेपाल चलचित्र संघ । अध्यक्ष भए पछि आफ्ना कार्ययोजना समेत राम्रो सँग सार्वजनिक गर्न नपाउदै बिभिन्न सञ्चार माध्यमा अन्तवार्ता दिनमै ब्यस्त भण्डारी पछिल्लो समय भने बिभिन्न संस्थाहरुको स्वागत थाप्नमै ब्यस्त छन् ।
एउटा उखान छ नी हिड्ने गोरुको पुच्छर निमोठ्ने । त्यस्तै भएको छ भण्डारीलाई पनि । चलचित्र बिकाश बोर्डको स्थापना यताका अध्यक्षहरुमा सबैभन्दा सफल मानिएका भण्डारीलाई चलचित्रकर्मीहरुले स्वागत सँगै आफ्ना मागहरु पनि अघि सारेका छन् । चलचित्र संघ सम्बन्धित बिभिन्न संघ संस्थाहरुसँग सहकार्य गरेर अगाढी बढ्ने प्रतिबद्धता जनाउदै उनले चलचित्रकर्मीका साझा समस्या भएकोले चलचित्र सँग सम्बन्धित सबै संघ संस्थाका मागहरु आफ्ना कार्ययोजना भएको बताएका छन् ।
आज भएको सम्मान पछि फिल्मीखबरसँग कुरा गर्दै उनले बिभिन्न संघ सस्थासँग छलफल गरेर उनिहरुका माग आफ्नो कार्ययोजनामा पार्ने बताउएका छन् । यसका लागी भोलि बिहान ११ बजे बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुसँग आफ्नै कार्यलयमा छलफल कार्यक्रमको आयोजना गरेको उनले बताएका छन् । उनले यो छलफलबाट धेरै समस्याको समाधानका लागी प्रयास थालिने समेत उल्लेख गरे ।