चलचित्र क्षेत्रलाई हल्लै हल्लाको क्षेत्र पनि भन्छन् । कोही चर्चामा आउन हल्ला गर्दछन् त कोहीले कसैले केही गर्न लागे भने त्यसका बारेमा टिकाटिप्पणी गरेर हल्ला चलाउने गर्दछन् । यस्तै भएको छ चलचित्र दुलहीका हकमा ।
एक पछि अर्को सस्पेन्स खोल्दै आएको दुलही युनिटले यहि २५ गते चलचित्रको प्रिमियर शो गर्दैछ । उक्त शोमा अर्को एउटा सस्पेन्स खोल्ने बताइएको थियो । निर्देशक बाबुराम ढकालले सस्पेन्सका बारेमा नखुलाएको बेला यो क्षेत्रमा उनकै बिबाहको घोषणको हल्ला चल्यो । बाबुरामले यो हल्लाबारे बुझ्न खोज्दा केही बताएन् । त्यसले झन् रहस्यमा राख्यो यो कुरालाई । दुलहीका निर्देशकले आफ्नो रियल लाइफको दुलहीको घोषणा गर्लान नगर्लान त्यो त भोलि बेलुका पक्कै थाहा हुन्छ । तर त्यो दिनको अर्को रहस्य भने पत्ता लगाएका छौं ।
चलचित्र दुलहीका दुलाहा राजा राजेश हमालका लागि चाहिं ८ जून अर्थात भोलीको दिन बिशेष हुने भएको छ । महानायक हमालको जन्मदिन ८ जूनमा भएकाले उनको जन्मदिन सेलिब्रेट गर्नका लागी सोही दिन यो चलचित्रको प्रिमियर शोको आयोजना गरीएको रहस्य खुल्न आएको छ ।सो दिन चलचित्र दुलहीको युनिटले राजेशको जन्मदिन बिशेष रूपले मनाउँदै छ ।
चलचित्रका दुलाहाको जन्मदिन पारेर आयोजना गरीएको यो चलचित्रको प्रिमियर शोमा निर्देशकको बिबाह घोषणको हल्ला, महानायकको जन्मदिन सेलिब्रेट गर्ने कुरा संगै अर्को रहस्य पनि रहेको निर्देशक ढकालका निकटष्थ एक चलचित्र कर्मीले बताए । तर उनले त्यो रहस्य बारे खोलेका छैनन् । स्रोतका अनुसार त्यो दिन एक बिशेष कार्यक्रम छ र त्यो कार्यक्रममा सस्पेन्स खोलिने छ । कति कुरा नभनेर नै मिठा मिठा मिठा हुन्छन् भने झै रहस्यमै राखिएको यो सस्पेन्सले पनि धेरैको ध्यान तान्न सफल भएको छ ।