मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्मीखबरको २ वर्ष पुरा, भोली भव्य रूपमा बार्षिकोत्सव मनाईंदै

फिल्मीखबर, काठमाण्डौ, 2011/06/08

आज भन्दा ठिक २ वर्ष अगाडी जेष्ठ २३ गते आइतबार कलाकार गोपाल भुटानीलाई आर्थिक सहयोग शिर्षकमा समाचार प्रकाशन गरी अनलाइन पत्रिकाको रुपमा आफ्नो प्रकाशनको सुरुवात गरेको फिल्मीखबर डटकमले दोस्रो वर्ष पुरा गरेको छ ।

 

जेष्ठ २६ गतेबाट औपचारीक रुपमा नियमित प्रकाशन हुदै आएको यस अनलाइन पत्रिका फिल्मीखबर डटकमले आफ्नो प्रकाशन संगै नेपाली चलचित्रलाई केन्द्रमा राखेर समाचार प्रकाशन गर्दै आएको छ । चलचित्र र चलचित्र क्षेत्र सँग सम्बन्धीत समाचारहरुलाई एकै स्थानमा सबै भन्दा अगाडी प्रकाशन गर्ने उद्धेश्यले फिल्मीखबर डटकमले समाचार सँगै चलचित्रका गीत, प्रोमो, अन्र्तवार्ता, लेख, तस्विर लगायत चलचित्रसँग सम्बन्धित टेलिभिजन कार्यक्रमहरुलाई प्रमुख स्थान दिँदै आएको छ ।
 


दुई वर्ष सम्मको यो यात्रामा फिल्मीखबर डटकमले अधिकांश समाचारहरुलाई ब्रेकीङ गरेको छ भने धेरै चलचित्रको गीत र पोष्टर वर्ल्ड प्रिमियर गरीसकेको छ । यो दुइ वर्षमा बिभिन्न उतार चढाबहरुलाई पार गर्दै अगाढी बढेको फिल्मीखबर डटकमलाई आजसम्मको यात्रामा पाठक तथा चलचित्रकर्मीहरुको साथ र सहयोग महत्वपुर्ण रहेको छ । पाठक तथा चलचित्रकर्मीहरुकै साथ र सहयोगका कारण आज फिल्मीखबर डटकमले प्रकाशनको दोस्रो वर्ष सफलता पुर्वक पार गर्दैछ ।

 

चलचित्र सँग सम्बन्धीत समाचारहरुको निरन्तर प्रकाशनका साथै पाठकको रुचि अनुसारको समाचार प्रकाशनका कारण नै भन्नु पर्दछ हामीलाई हाम्रा पाठकहरुले निकै मन पराइदिनु भएको छ । पछिल्लो १ वर्षमा हाम्रा पाठकको सख्या २१ लाख बढ्नुले पनि हामी हाम्रो यात्रामा सफल भैरहेको ठहर फिल्मीखबर डटकमका प्रधान सम्पादक सुमन गैरेले जानकारी दिनुभयो ।  दुइ वर्षको सफल यात्रा पुरा गरेको फिल्मीखबर डटकमले आफ्नो दोस्रो वार्षिक उत्सबका अवसरमा यहि २६ गते एक भब्य समाहरोहको आयोजना गर्दैछ ।

 

चलचित्रकर्मीहरुको उपस्थितिमा भब्य रुपमा सम्पन्न हुन गैरहेको यस कार्यक्रमको तयारी भैरहेको जानकारी दिदै सम्पादक गैरेले यो यात्रामा साथ र सहयोग पुर्‍याउने सबैमा आभार ब्यक्त गर्नुभएको छ । साथै उहाँले पाठक तथा चलचित्रकर्मीहरूको निरन्तर सल्लाह, सुझाब र प्रतिक्रियाका आधारमा फिल्मीखबर डटकम अगाढी बढ्ने प्रतिबद्धता समेत ब्यक्त ब्यक्त गर्दै उहाँले भन्नु भयो, 'फिल्मीखबर डटकम छिट्टै नै नेपाली र अंग्रेजी गरी दुई भाषामा प्रकाशित हुँदैछ ।'