चलचित्र बिकाश बोर्डमा अध्यक्ष नियुक्त गरीएको झण्डै २ साता पछि चलचित्र बिकाश बोर्डले पुर्णता पाउने भएको छ । लामो समयको रिक्तता पछि जेष्ठ ११ मा बोर्ड अध्यक्षमा गणेश भण्डारी नियुक्त भएका थिए । अध्यक्षले आफुले सपथ ग्रहण लगत्तै बोर्डलाई पुर्णता दिन्छु भनेर बताए पनि बोर्डमा जान चाहनेहरुको लर्को र राजनीतिक दबाबका बिच बोर्डमा नियुक्त गरीने सदस्यहरुको छनौट ढिला भएको थियो ।
लामो समयको रिक्तता पछि अन्तत बोर्डमा सदस्यहरूको नियुक्ती गरिएको छ । यसरी बोर्डको सदस्यमा नियुक्त हुनेहरूमा नायिका तथा निर्माता मौसमी मल्ल, निर्देशक बिजय बस्नेत र निर्देशक उदय सुब्बा रहेका छन् । उनीहरूको निर्णय मंगलबार भएको भएपनि नियुक्ति पत्र भने बुधबार पाएका छन् । बिहिबार देखि उनीहरूले आफ्नो कार्यभार सम्हाल्दै छन् ।
बोर्डमा सदस्यहरुको नियुक्ति हुन नसक्दा रोकीएका कामहरु अब तिब्रताका साथ अगाढी बढ्ने आशा बोर्डले गरेको छ । यसैगरी मंगलबार नै सेन्सर बोर्डमा पनि नयाँ सदस्यहरू चयन भएका छन् । जसमा संगीतकारद्वय चेतन सापकोटा र लक्ष्मण शेषको साथमा कल्पना बिसुराल रहेकी छिन् । उनीहरूको पनि बुधबार नियुक्ती भएको हो । फिल्मीखबर डटकमको तर्फबाट नयाँ सदस्यहरूलाई हार्दिक बधाई ।