मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'अंगालो यो मायाको' मा गोर्खाली हिरोको

फिल्मीखबर, काठमाण्डौ, 2011/06/10

तेश्रो इन्डियन आइडल प्रशान्त तामाङको दोश्रो चलचित्र अंगालो यो मायाको असार १० बाट रिलीज हुने भएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरि चलचित्र देशभर एकसाथ प्रदर्शनमा आउने लागेको जानकारी गराईयो ।

 

सिनाइ कमर्सियल प्रालिको ब्यानरमा बिनोद सेरेङले निर्देशन गरेको सो चलचित्रमा प्रशान्तको अलावा हर्षिका श्रेष्ठ,बिजेता बराइली, महेन्द्र गुरुङ, चुनीलाल घिमीरे, प्रेम सुब्बालगायतले अभिनय गरेका छन् । किशोर दुङमाली राईले निर्माण गरेको सो चलचित्रमा स्वर्गीय देवीमाया राईको कथा, निर्देशक सेरेङको पटकथा- संवाद, गोबिन्द राईको नृत्य र रत्न देवलाको द्धन्द्ध, युवराज राईको छायाँकन रहेको छ ।


बाबुआमाले समय दिन नसक्दा लागूऔषधको कुलतमा फसेको युवकको भूमिकामा देखिन लागेका नायक प्रशान्त तामाङले अभिनय गरेको चलचित्र 'गोर्खा पल्टन' ले ०६७ को व्यवसायमा रेकर्ड राखेको थियो । गोर्खा पल्टनमा लाहुरेको भुमिकामा प्रस्तुत भएका प्रशान्त यस चलचित्रमा आधुनिक युवकको भुमिकामा प्रस्तुत भएका छन् । त्यसैले पनि उनी यस चलचित्रबाट निकै आशावादी छन् । यसै चलचित्रबाट हर्षिका श्रेष्ठले नायिकाको रूपमा डेब्यू गर्दैछिन् ।

 

 

चलचित्रको प्रचारप्रसारका लागि बुधबार काठमाण्डौ ओर्लेका प्रशान्तले बिहिबार फिल्मीखबर डटकमको दोस्रो बार्षिकोत्सव कार्यक्रममा उपस्थित भएर नायिका रेखा थापाको साथमा केक काटेका थिए । उनले कार्यक्रममा बोल्दै फिल्मीखबर डटकमको उत्तरोत्तर प्रगतीको कामना पनि गरेका थिए ।