मिति : २०८२ वैशाख ९, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सबैको रोजाई फिल्मीखबर डटकम

बिष्णु सुवेदी, काठमाण्डौ, 2011/06/10

चलचित्रकर्मीहरुले फिल्मीखबर डटकम नियमित रुपमा पढ्ने गरेको बताएका छन् । फिल्मीखबर डटकमले आयोजना गरेको दोस्रो वार्षिक उत्सव कार्यक्रममा शुभकामना दिदै चलचित्रकर्मीहरुले आफु नियमित पाठक भएको बताए । कार्यक्रमका प्रमुख अतिथि देखि उपस्थित अधिकांश चलचित्रकर्मीलेराम्रा तथा ब्रेकिङ समाचारहरू प्रकाशित गर्ने भएकोले आफुहरुले चलचित्र क्षेत्रमा के हुदैछ भन्ने बारेमा धेरै कुरा फिल्मीखबर डटकम पढेरै थाहा पाउने गरेको बताए ।


कार्यक्रमका प्रमुख अतिथि बिकाश बोर्डका अध्यक्ष गणेश भण्डारीले आफु चलचित्र बिकाश बार्डमा नियुक्त हुनु अगावै बोर्डमा भण्डारी पक्का शिर्षकमा समाचार प्रकाशन गरेको देखि सपथ ग्रहण गर्न नपाउदै आफ्ना कार्ययोजनाहरु सार्वजनिक गरेको सम्म स्मरण गर्दै ताजा र ब्रेकीङ समाचारको प्रसारण गर्ने फिल्मीखबरको प्रसंसा समेत गरे । उनले भने, 'मैले फिल्मीखबर डटकम नियमित पढ्ने गर्दछु । यसमा समाचार प्रकाशन भए पछि धेरै प्रतिक्रिया पनि त्यहि अनुरुप पाइरहेको छु । यस्ता प्रसंगले मलाई लाग्छ फिल्मीखबर डटकम म जस्तै धेरै चलचित्रकर्मी माझ लोकप्रिय छ । '


यस्तै चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले नेपाली चलचित्रको प्रर्वद्धनमा महत्वपुर्ण भुमिका निर्बाह गरेको भन्दै निष्पक्ष र खोजमुलक पत्रकारितामा फिल्मीखबर डटकम अग्र स्थानमा रहेको बताए । आफु पनि फिल्मीखबरको नियमित पाठक भएको भन्दै उनले सत्य तथ्य समाचार संप्रेषण गर्दा डर धम्की र त्रास आउन सक्ने भन्दै त्यसबाट बिचलित नभई समाचार प्रकाशन गर्न समेत आग्रह गरे ।

 

निर्देशक समाजका कार्यबहाक अध्यक्ष बिमल पौडेलले समयको परिर्वतन र प्रबिधिको बिकाशका संगै इन्टरनेटको प्रयोग अत्याधिक हुने गरेको भन्दै निर्देशक समाजले एक कार्यक्रमको आयोजना गरी निर्देशकहरुलाई इन्टरनेटको बारेमा ज्ञान दिएको स्मरण गरे । उनले अहिले अधिकांश निर्देशकहरुले अनलाइन पत्रिका फिल्मीखबर पढ्ने गरेको भन्दै समाचार लेखन शैलिको प्रसंसा गरे । उनले आफुले पनि भ्याए सम्म फिल्मीखबर पढ्ने गरेको उल्लेख गरे ।


यता नेपाल चलचित्र संघका महासचिब प्रदिप उदयले फिल्मीखबरका २१ लाख भन्दा बढी पाठक मध्येको एक नियमित पाठक आफु पनि भएको भन्दै फिल्मीखबर डटकमले प्रकाशन गरेका समाचारको तुरुन्तै प्रतिक्रिया पाउने गरेको बताए । उनले देश र बिदेशमा रहेका नेपालीहरुमाझ फिल्मीखबर लोकप्रिय रहेको ठोकुवा गर्दै आफुले चौतर्फिं पाएको प्रतिक्रियाले यसको पुष्टि गर्ने बताएका छन् । अग्रज चलचित्रकर्मी युवराज लामाले चलचित्रसंग सम्बन्धित समाचारको निरन्तर फलो अप गर्ने फिल्मीखबरको शैलीको प्रसंसा गरे । उनले फिल्मीखबरले नियमित रुपमा समाचार प्रकाशन गर्ने देखि निरन्तर फलो गर्ने गरेको भन्दै यसले गर्दा चलचित्रकर्मीलाई राम्रो सन्देश र ज्ञान दिने तथा नेपाली चलचित्रको बिकासमा सहयोग पुर्‍याउने बताए ।
 

चलचित्र पत्रकार संघका अध्यक्ष बिदुर गिरीले अनलाईन चलाउने आफ्नो पनि सपना रहेको भन्दै फिल्मीखबरले गरेको कामको प्रसंसा गर्दै आगामी दिनमा यसको सफलताको कामना गरे । सांस्कृतिक संस्थानका महाप्रबन्धक तथा चलचित्र निर्देशक नरेश पौड्यालले पनि फिल्मीखबर डटकमको खुलेर प्रसंसा गरे । उनले फिल्मीखबर शुरूवातका दिन देखि नै नियमित रूपमा पढ्ने गरेको बताए । यस्तै निर्माता रमेशजंग रायमाझीले पनि फिल्मीखबरको कामबाट आफू निकै खुसी भएको बताउँदै भने, 'म हरेक दिन ३/४ पटक फिल्मीखबर डटकम हेर्ने गर्छु ।' भर्खरै मात्र अमेरिकाको भ्रमण सकेर नेपाल आएका रायमाझीले फिल्मीखबर अमेरिकामा निकै पपुलर रहेको बताए ।
 


फिल्मीखबरलाई सफलताको शुभकामना दिदै नायक प्रशान्त तामाङले यस फिल्मीखबरले नेपाली चलचित्र क्षेत्रमा योगदान पुर्‍याउनेमा बिश्वस्त भएको बताए । फिल्मीखबर डटकमको माध्यमबाट नेपाली चलचित्रको बारेमा सम्पुर्ण जानकारी पाईने भएकाले आगामी दिनमा आफूले पनि यो निरन्तर पढ्ने बताए । चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष तथा फिल्मीखबर साप्ताहिकका सम्पादक शान्ति प्रिय र निर्देशक तथा सञ्चारकर्मी शुरेश दर्पण पोखरेलले पनि फिल्मीखबर डटकमको सफलताको कामना गरे । यतिमात्र हैन कार्यक्रममा उपस्थित चलचित्रकर्मीहरु र देशबिदेशमा रहनु भएका पाठकहरूले आफु फिल्मीखबरको नियमित पाठक भएको भन्दै प्रसंसा गर्दै सफलताको कामना गरेका छन् ।