
फिल्मीखबर डटकमले दोस्रो वर्ष पुरा गरी तेस्रो वर्षमा प्रबेश गरेको अवसरमा बधाइ तथा शुभकामना आउने क्रम जारी जारी छ । सूचना तथा सञ्चार मन्त्री अग्नीप्रसाद सापकोटा देखि थुप्रै चलचित्रसंग सम्बन्धित संघसंस्था र चलचित्रकर्मीहरुका साथै पाठक र धुपै शुभचिन्तकहरुले बधाई तथा शुभकामना दिएका छन् ।
अनलाइन पत्रिकाको रुपमा प्रकाशन भै चलचित्रको प्रसार प्रसारमा महत्वपुर्ण भुमिका खेलेको भन्दै सञ्चारमन्त्री सापकोटाले पठाउनु भएको शु्भकामना सन्देशमा फिल्मीखबर डटकमलाई बधाई सहित उदेश्य प्राप्तीका लागी शुभकामना दिइएको छ । यस्तै चलचित्र बिकाश बोर्डका अधयक्ष गणेश भण्डारीको शुभकामना सन्देशमा चलचित्रको प्रर्वद्धनका साथै जागरणको अभियानमा महत्वपुर्ण भुमिका खेल्न सकोस भन्ने शुभकामना प्रदान गरीएको छ । यस्तै बोर्डले चलचित्र पत्रकारीतामा अग्रणी भुमिका खेलेको भन्दै धन्यबाद समेत ज्ञापन गरेको छ ।
त्यसैगरी नेपाल चलचित्र निर्माता संघ, निर्देशक समाज, अखिल नेपाल चलचित्रकर्मी संघ, नेपाल चलचित्र कलाकार संघ लगायतका संघसंस्थाहरूले पनि फिल्मीखबर डटकम तेस्रो बर्षमा प्रवेश गरेको उपलक्ष्यमा बधाई तथा शुभकामना दिएका छन् । चलचित्रसंग सम्बन्धित संघसंस्था तथा चलचित्रकर्मीहरुबाट शुभकामना आउने क्रम रोकीएको छैन् । चलचित्रको प्रर्वद्धनमा फिल्मीखबरले खेलेको भुमीकाको प्रसंसा गर्दै धुप्रै चलचित्रकर्मीहरुले फिल्मीखबरलाई सफलताको शुभकामना दिएका छन् । कार्यब्यस्तताका कारण कार्यक्रममा उपस्थित हुन नसकेका चलचित्रकर्मीहरुले मध्यरात सम्म पनि टेलिफोन र एसएमएसबाट शुभकामना दिइरहे ।
चलचित्रकर्मी मात्रै होइन हाम्रा पाठकहरुले पनि हामीलाई शुभकामना सन्देश पठाइरहेका छन् । सामाजीक साजाल फेसबुकमा रहेका फिल्मीखबरका प्यानहरुले फिल्मीखबरको वाल शुभकामना सन्देशले भरी दिएका छन् । यता इमेलबाट शुभकामना दिने पाठकहरुको सख्या पनि कम छैन । जुन माध्यमबाट शुभकामना सन्देश दिए पनि हाम्रा पाठकहरुले फिल्मीखबर डटकमले आफुहरुको रुचि अनुसारको समाचार प्रकाशन गर्ने गरेको भन्दै फिल्मीखबर डटकमको प्रसंसा गरेका छन् । उनिहरुले शुभकामना सन्देशमा पाठकहरुको रुचिलाई पुर्ण ध्यानमा राखेर समाचार प्रकाशन गर्न समेत आग्रह गरेका छन् ।
पाठकहरुले नेपाली चलचित्रको ताजा समाचार प्रकाशनको यो गतिलाई निरन्तरता दिन समेत सुझाब दिएका छन् । खासगरी बिदेशमा रहेका पाठकहरुले नेपाली चलचित्रको बारेमा थाहा पाउने बिस्वस्त माध्यम फिल्मीखबर डडटकम रहेको भन्दै पाठको बिश्वास जित्ने जस्तो महत्वपुर्ण कुरा नगुमाउन खबरदारी पनि गरेका छन् ।
फिल्मीखबर डटकमको दोस्रो बार्षिक उत्सबका अबसरमा चलचित्रकर्मीहरूको साथमा चलचित्रसंग सम्बन्धित बिभिन्न संघसंस्थाहरूले पठाएको शुभकामना सन्देश पत्र तल प्रस्तुत गरिएको छ ।
फिल्मीखबरको तेस्रो वर्ष प्रबेशका अवसरमा हामीलाई शुभकामना सन्देश दिनुहुने सम्पुर्ण महानुभावहरुमा फिल्मीखबर परिबार हार्दीक आभार ब्यक्त गर्दै आगामी दिनमा पनि यहाँहरूको साथ र सहयोगको अपेक्षा गर्दछ ।