जर्मनी, बेल्जियम, स्पेन, अमेरिका, क्यानडा लगायतका देशमा सफलताका साथ प्रदर्शन भएको चलचित्र 'काठमाण्डू' अहिले इजरायलमा प्रदर्शन हुँदैछ । चलचित्रको प्रदर्शनका लागि निर्देशक तथा नायक आकाश अधिकारी बिहिबार त्यस देश तर्फ प्रस्थान गरेका छन् ।
जुन १० र ११ तारिखमा इजरायलको तेलअभिव स्थित हाहगाना मार्गस्थित बेतबारबर हलमा सो चलचित्र प्रदर्शन हुँदैछ । इजरायलमा पहिलो पटक च्यारिटी शो हुन लागेको सो चलचित्र राति ९ बजे स्क्रिनिङ गरिंदैछ । सहिद स्मृती अस्पताल, चौपट्टा, नवलपरासीको सहयोगार्थ सो च्यारिटी शो गरिन लागेको निर्देशक तथा नायक अधिकारीको भनाई छ । यस अघि पनि बिदेशमा च्यारिटी गरेर सो अस्पताललाई ७५ हजार सहयोग गरिसकिएको उनले बताए ।
काठमाण्डौको जीवनशैलीलाई अमेरीकासँग दाँजिएको यो चलचित्रलाई आकाश अधिकारी र नबिन बेन अधिकारीले संयुक्त रूपमा निर्माण गरेका हुन् । नेपालमा पहिलो पटक रेड क्यामेराले खिचिएको सो चलचित्रमा आकाश अधिकारी, प्राप्ती घिमिरे, रिया मार्फी, रेश मरहठ्ठा, गौरी मल्ल, संयुक्ता राणा, नबिन अधिकारी, ममता प्रधान, सुनिल दत्त, अर्जुन श्रेष्ठलगायतले अभिनय गरेका छन् ।
राहुल प्रधानको संगीत रहेको सो चलचित्रमा सुखबिन्दर सिंह, सुनिधी चौहान, आकृति कक्कड, कैलाश खेर, आदित्य नारायण, सञ्जिविनीको स्वर रहेको छ भने चलचित्रको छायाँकन दिर्घ गुरूङले गरेका हुन् । स्काई मुभिजको ब्यानरमा निर्माण गरिएको चलचित्र 'काठमाण्डू' नेपालमा भदौ महिना तिर सार्वजनिक हुने आकाशको भनाई छ ।
थप जानकारीको लागी सम्पर्क :-
Nabin Rai– 0547258640/ Keshav Karki- 0547297935/ Janak Sigdel - 0547215629)