मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'भ्यालेनटाईन डे' मा फिल्मीखबर अवार्ड

फिल्मीखबर, काठमाण्डौ, 2011/06/11

फिल्मीखबर डटकमले फिल्मीखबर अवार्ड गर्ने भएको छ । फिल्मीखबरले आफ्नो दोस्रो बार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रमका बिच फिल्मीखबर अवार्डको घोषणा गरेको हो । नेपालमा पछिल्लो समय अवार्डले ब्यापकता पाए पनि ति अवार्ड फिल्ममा मात्र सिमित रहेको भन्दै फिल्मीखबर अवार्ड फिल्मसँगै मिडिया अवार्ड समेत प्रदान गरिने फिल्मीखबर मिडियाका अध्यक्ष तथा फिल्मीखबर डटकमका प्रधान सम्पादक सुमन गैरेले जानकारी दिए ।


फिल्मीखबर अवार्डमा ५ बिधामा फिल्मीखबर मिडिया अवार्ड प्रदान गरिने छ । जसमा बेष्ट रेडियो कार्यक्रम (काठमाडौ बाहिर), बेष्ट रेडियो कार्यक्रम (काठमाडौ भित्र), बेष्ट टेलिभिजन कार्यक्रम, बेष्ट टेलिभिजन कार्यक्रम प्रस्तोता (भिजे) र बेष्ट आर्टिकल रहेका छन् । यस्तै फिल्म र फिल्मकर्मीलाई प्रदान गरिने फिल्मीखबर अवार्डमा १६ बिधा रहनेछन् । जसमा सर्वोत्कृष्ट चलचित्र, निर्देशक, कलाकार महिला र पुरूष, लेखन, संगीत, गीत, गायक गायिका, सम्पादक, छायाँकार, द्वन्दनिर्देशक तथा नृत्यनिर्देशक रहेका छन् । फेब्रवरी १४ अर्थात् 'भ्यालेनटाईन डे' का दिन एक भब्य समारोहको आयोजना गरी बितरण गरिने सो अवार्ड अर्न्तगत क्रिटिक्स अवार्ड, पपुलर अवार्ड र उत्कृष्ट जोडी अवार्ड पनि प्रदान गरिने छ ।

 

एफएममा प्रशारण भएका चलचित्र सम्बन्धी कार्यक्रमहरूको गुणस्तर वृद्वि गर्न अवार्डको साथमा उत्कृष्ट कार्यक्रमलाई केहि आर्थिक सहयोग पनि प्रदान गरिने भएको छ । अवार्डका लागि दर्ता गराईने कार्यक्रमहरू बिसुद्व फिल्मी हुनुपर्ने नियम बनाईएको छ । जनवरी २०११ को शुरूवात देखि डिसेम्बर २०११ को अन्तिम सम्ममा प्रदर्शनमा आएका चलचित्रहरूलाई अवार्डमा समावेश गर्ने जानकारी दिंदै प्रधान सम्पादक गैरेले अवार्डलाई निष्पक्ष बनाउन फिल्मक्षेत्रका बौद्धिक ब्यक्तिहरुलाई जुरीको जिम्मा दिने बताए । तर निर्णयको सबै अधिकार जुरीलाई मात्र नदिईने उनको भनाई छ । जुरीको साथमा एसएमएस र अनलाईन भोटिङलाई पनि प्रमुख प्राथमिकता दिईने गैरेले बताए ।

 

चलचित्र, चलचित्रकर्मी र सञ्चारकर्मीको सम्मानका लागी आयोजना गर्न लागिएको सो अवार्डडका लागी केही समयमा नै चलचित्र, चलचित्र सम्बन्धी कार्यक्रम र लेखको दर्ता आब्ह्रान गर्ने र यस लगत्तै छनौटका लागी चलचित्र हेर्ने कार्यलाई अगाडी बढाईने गैरेले जानकारी दिए । उनले अवार्डलाई भब्य रुपमा सम्पन्न गर्नका लागी सबै चलचित्रकर्मी र सञ्चारकर्मीसँग सहयोगको अपेक्षा गरेका छन् ।