मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुनिल मानन्धर काठमाण्डौ उपत्यका डन

फिल्मीखबर, काठमाण्डौ, 2011/06/13

खाए खा नखाए घिच भन्ने उखान आज चलचित्र निर्माता तथा बितरक सुनिल मानन्धरमा लागु हुन्छ । यो उखान यस अर्थमा लागु हुन्छ कि सुनिल काठमाण्डौ उपत्यकामा चलचित्र बितरण गर्ने मध्ये अग्रपंक्तीमा आउँछन् । उनलाई काठमाण्डौ उपत्यकाको चलचित्र बितरणको डन नै भन्दा हुन्छ ।


काठमाण्डौ उपत्यकामा बिशेष गरी क्यू सिस्टम र डिसिएन सर्भरबाट चलचित्र प्रदर्शन हुने गरेको छ । तर पछिल्लो समयमा यि दुई सिस्टम भन्दा अग्रपंक्तीमा सुनिल नै पर्छन् । डिसिएनको हातमा दुई दर्जन चलचित्र पनि नहोला तर सुनिलको हातमा अहिले पाँच दर्जन जति चलचित्र छन् । यानकी उनले पाँच दर्जन चलचित्र आफ्नो कब्जामा पारेका छन् । राजधानीका अधिकांश हल उनकै मातहतमा रहेकोले पनि निर्माताहरू सुनिललाई गुहार्नुको बिकल्प नरहेको बताउँछन् । अन्य सिस्टमबाट चलचित्र चलाउँदा धेरै हल नपाउने र कलेक्सन थोरै आउने भएकाले बाध्य भएर सुनिलकोमा पुग्नु पर्ने यथार्थता निर्माताहरूसँग छ ।


निर्माताहरू सुनिलसँग निहु खोज्नु भनेको आफ्नो चलचित्र डुबाउनु पनि हो भन्छन् । यता निर्माता सुनिलले भने आफ्नो पेशा नै यहि भएकाले धेरै चलचित्र आफ्नो कब्जामा हुनु नौलो नभएको बताउँछन् । उनका अनुसार आफ्नो माध्यमबाट चलचित्र चलाएमा निर्माताहरू डुब्दैनन् रे ! सुनिलसँग हतपत कोही निर्माताले जोरी खोज्न पनि चाहँदैनन् । जे जस्तो भएपनि सुनिलकै माध्यमबाट चलचित्र चलाउने निर्माताहरू धेरै छन् । अहिले सुनिलले ४ चलचित्रको डेट फिक्स गरिदिएका छन् । त्यो समयमा अन्य कुनै चलचित्र भिड्न नपाउने उनको भनाई छन् । यदि भिड्न आएमा त्यसको जिम्वेवारी निर्माता स्वयं नै हुनुपर्ने सुनिल बताउँछन् ।


यहि असार १० गते चलचित्र किन मायामा, साउन २० गते चलचित्र के यो माया हो, असोज २० गते मेरो लभ स्टोरी र कार्तिक ११ गते पल्टन प्रदर्शनका लागि फिक्स नै छन् । यो समयमा कुनै पनि चलचित्र नजुधाउन सुनिलले निर्माताहरूलाई आग्रह गरेका पनि छन् । सुनिलका अनुसार असार १० गते किन मायामासँग अंगालो यो मायाको नामक चलचित्र भिड्दै छ । तर सुनिल अंगालो यो मायाकोलाई पछाडी हट्न सल्लाह दिईरहेका छन् तर अंगालो यो मायाकोका निर्माताहरू भने पछि नहट्ने अड्डि कसेका छन् । आफ्नो चलचित्र राम्रो भएकाले असार १० गते नै चलचित्र चलाई छाड्ने अंगालो यो मायाकोका निर्माताको भनाई छ । सुनिल पनि १० गते नै चलचित्र चलाउने त राजधानीका अधिकांश हलमा आफ्नै चलचित्र रिजिल हुने बताउँछन् ।

 

असार १० मा भिड्न लागेका दुई चलचित्र किन मायामा र अंगालो यो मायाको चलचित्रका मुख्य नायक प्रशान्त तामाङ हुन् । त्यसैले यि दुबै चलचित्र जुध्नु भनेको दुबै निर्माता डुब्नु हो । त्यसैले एकसाथ लड्नु भन्दा एउटा चलचित्र पछाडी हट्नु राम्रो हुन्छ । निर्माता सुनिल पनि अंगालो यो मायाको पछाडी हटे आफूले सहयोग गर्ने बताउँछन् ।

 

हामी त चाहन्छौं सबै जना मिलेर जानु पर्छ । यदि एकआपसमा लडेर जाने नै हो भने त भिरबाट हाम फाल्ने गोरूलाई रामराम भन्नु बाहेक अरू केहि बिकल्प हुँदैन ।