मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आत्म बेचेर काम गर्दिन

बिष्णु सुबेदी, काठमाण्डौ, 2011/06/14

नायकहरुले लाख लाख रुपैया लिएर चलचित्रमा अभिनय गर्दछन् तर नायिकाहरुको पारिश्रमिकका मामलामा भने सधै अन्यौलको स्थिति देखिने गरेको छ । नायिकाहरुको पनि  पारीश्रमिक तय हुनु पर्‍यो भनेर पटक पटक कुराहरु उठ्ने गरेका छन् भने केही  नायिकाहरुले निश्चित पारिश्रमिक तोकेर त्यो भन्दा कममा काम नगर्ने गरेको बताएका  छन् । अझ नब नायिकाहरुको पारिश्रमिकको मामलामा त झनै अन्यौलको वाताबर ण छ । 

 

अन्यौलकै वाताबरणको बिचमा नायिका नीता ढुंगानाले भने आफ्नो आपसी समझदारिमा कायम हुने बताएकी छन् । चलचित्रमा कस्तो भुमिका छ त्यो हेरेर पनि चलचित्रको पारिश्रमिकको सम्झौता हुने भन्दै उनले आफ्नो करियरलाई सपोर्ट गर्ने खालको  भुमिका छ भने केही कम पारिश्रमिकमा पनि अभिनय गर्न सकिने बताएकी छन् ।  आधा दर्जन भन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी नीताको अहिलेसम्म एउटा  मात्र चलचित्र म बिर्सुं कसरी प्रदर्शन भएको छ । तै पनि उनको ब्यस्तता कायमै छ । 

 

तिमीले दिएको माया, नेपाल एक्सप्रेस, किसान, बोश, चाडै आउ है, हाम्रो माया जुनी जुनीलाई लगायतका चलचित्र प्रदर्शनको क्रममा छन् । यि सबै चलचित्रमा  आपसी समझदारीमा नै पारिश्रमिक लिएको बताउने नीताले अहिलेसम्म एक लाख बिस हजार भन्दा कम पारिश्रमिक नलिएको दाबी गरेकी छन् ।  चलचित्रमा अभिनय र राम्रो पारिश्रमिक पाउन काम भन्दा पनि कुनै न कुनै तवरले  निर्माता निर्देशकलाई रिजाउन सक्यो भने धमाधम चलचित्र र राम्रो पारिश्रमिक पाइने हल्ला सुनेकी उनले आफुले चाहीँ चलचित्रमै काम गरेर निर्माता निर्देशकको मन जीत्ने गरेको बताएकी छन् ।

 

नीताले आत्म बेचेर काम गर्नुको अर्थ नरहने भन्दै आज सम्म काम गरेका चलचित्रमा आत्मसम्मान नगुमाएको बताएकी छन् ।  पछिल्लो समय मन नलागी नलागी चलचित्र हाम्रो माया जुनि जुनीलाईमा किस सिन  दिएको बताउदै आएकी निताले कथाले मागकोले आफुले अभिनय गर्न बाध्य  भएको बताएकी छन् । कलाकारिताको दृष्टिले हेर्दा जस्तो अभिनय गर्न पनि तयार  हुनुपर्दछ भन्दै उनले भल्गर सिन भने नदिने बताएकी छन् ।