मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

युरोपमा मैना

फिल्मीखबर, काठमाण्डौ, 2011/06/14

निर्देशक केपी पाठक आफूले निर्माण तथा निर्देशन गरेको चलचित्र 'मैना' लिएर युरोप भ्रमणमा छन् । युरोपका करिब ७ शहरमा चलचित्र 'मैना' प्रदर्शन गर्न उनी केहि साता अघि युरोप पुगेका हुन् । बेल्जियमबाट फिल्मीखबरसँग कुरा गर्दै पाठकले आज जुन १४ देखि चलचित्र रिलिज हुने जानकारी गराए ।

 

 

केहि महिना अघि नै युरोप जाने तयारीमा रहेको बेला दुर्घटनामा परेपछि पाठकको युरोप भ्रमण स्थगित भएको थियो । स्वास्थ्यमा सुधार आएपछि पाठक गत साता युरोप पुगेका हुन् । चलचित्र 'मैना' 14 June-Brugge,19 June-Antwerpen, 2nd July-leuven,19 June -Italy, 26 June-Spain, 3 July- Portugal, 9 July- Netherland मा प्रदर्शन हुने पाठकले बताए ।

 

सिने मेकर्स प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्र 'मैना' नेपाली सेनाको चरम यातनाबाट पाँचखालस्थित ब्यारेकभित्रै हत्या गरिएकी खरेलथोककी किशोरी मैना सुनुवारको कथामा आधारित छ । वास्तवमा मैना सुनारले भोगेको कहालीलाग्दो जीवन र उनको परिवारको पीडालाई चलचित्रले देखाउन खोजेको निर्देशक पाठकको भनाई छ । यसैगरी चलचित्रमा मैना मात्र नभई बेपत्ता पारिएका हजारौं अवोध एवं निर्दोष नागरिकहरुको वेदना प्रतिबिम्बित भएको पाठकले बताए ।


चलचित्रमा अनिता केसीले मैनाको भुमिका निर्वाह गरेकी छिन् । अनिताको साथमा सो चलचित्रमा गोविन्द प्रभात, राधा श्रेष्ठ, सौरभ चौलागाई लगायतले अभिनय गरेका छन् । द्वन्द्वको तत्कालीन परिवेश र पृष्ठभूमिमा आधारित 'मैना'को कथालाई पटकथामा ढाल्न लेखक नयनराज पाण्डेले साथ दिएका छन् । केपी पाठक, जीवनाथ सुवेदी र तेजनारायण सापकोटाले निर्माण गरेको सो चलचित्रमा रामेशको संगीत, कुमार महर्जनको द्वन्द्व र जीवनाथ सुवेदीको छायांकन रहेको छ ।