मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मन्त्रीले गरे बोर्डको भ्रमण

बिष्णु सुबेदी, काठमाण्डौ, 2011/06/14

सूचना तथा सञ्चार मन्त्रालयको चलचित्र क्षेत्रसँग सम्बन्धित पहिलो प्राथमिकता भनेको नै चलचित्र बिकाश बोर्डलाई क्रियाशिल बनाउनु भएकोले यसलाई शक्तिशाली बनाउन मन्त्रालय पछि नहटने सूचना तथा सञ्चारमन्त्री अग्नि सापकोटाले बताएका छन् । चलचित्र विश्वको सबैभन्दा शक्तिशाली सञ्चार माध्यम भएकोले यसको बिकास सबैका लागी आवश्यक भएको सापकोटाको भनाई छ । 

 

सोमबार चलचित्र बिकाश बोर्डको भ्रमण गरेपछि मन्त्री सापकोटाले यस्तो  बताएका हुन् । बोर्डले सञ्चार मन्त्रीको स्वागतका लागी आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री सापकोटाले बोर्ड भित्रै पनि धेरै समस्याहरु रहेको भन्दै कर्मचारीहरुको समस्या समाधानका लागी पहल गर्ने बताए । उनले बोर्डलाई आवश्यक पूर्वाधारहरू निर्माण गर्न मन्त्रालय तयार रहेको भन्दै बोर्डले अगाडी सारेको चलचित्र छायाँकन स्टुडियो निर्माणको काम तत्काल थाल्न समेत निर्देशन दिएका छन् ।

 

चलचित्रको माध्यमबाट समाज परिवर्तन गर्न सहज हुने भएकाले चलचित्र क्षेत्रको बिकाश आवश्यक रहेको उनको भनाई छ ।  चलचित्र क्षेत्रको बिकाशका लागी बोर्डका पदाधिकारी र कर्मचारीलाई गम्भीर बन्न उनले आग्रह गरे । बोर्ड आत्मनिर्भर भयो भने मन्त्रालयको मुख ताकिरहनु नपर्ने भन्दै मन्त्री सापकोटाले बोर्डलाई आत्मनिर्भर बनाउनु मुख्य प्राथमीकता भएको बताए । उनले बोर्डका अस्थायी कर्मचारीलाई स्थायी गर्न र आन्तरीक समस्या समाधानका लागी प्रक्रिया तत्काल अगाडी बढाउन अध्यक्ष गणेश भण्डारीलाई निर्देशन दिएका छन् । 

 

चलचित्र बिकाश बोर्डको कामलाई लिएर पटक पटक बोर्डको औचित्यमाथि प्रश्न उठ्ने गरेको प्रति संकेत गर्दै उनले बोर्डले चलचित्र हल, निर्माता, कलाकार, निर्देशक लगायत चलचित्रकर्मी र चलचित्र क्षेत्रका सबै समस्या समाधान गर्न सक्ने निकायको रुपमा भुमिका खेल्न सक्ने बताएका छन् ।  कार्यक्रमको सुरुमा बोर्डका अध्यक्ष भण्डारीले बोर्डका समसयाबारे मन्त्री सापकोटालाई जानकारी गराएका थिए । उनले बोर्डलाई स्वायत्तता दिनुपर्ने, चलचित्र बिकाश शुल्कका बारेमा पुनः बिचार गर्नु पर्ने लगायतका बिषयहरु मन्त्री समक्ष राखेका थिए । 

 

यसैबिच बोर्डको पहिलो बैठकले अशक्त बृद्धभत्ताको संख्या र पैसा दुबै बृद्धि गरेको छ । यसअघि तीन जनालाई दुई हजार पाँच सय रुपैया दिइदै आएकोमा अब बाट पाँच जनालाई पाँच हजारका दरले भत्ता दिइने छ । यसअघि बृद्ध तथा असक्त भत्ता जयनन्द चन्द, स्वर्गिय शान्ती मास्के र आनन्द थापालाई दिइदै आइएको थियो । अहिले मास्केको स्वर्गारोहण भै सकेकोले त्यो सहित अन्य दुई स्थानमा कस्लाई दिने भन्ने बारे तय भै नसकेको बोर्डका प्रबत्ता बिजय बस्नेतले जानकारी दिए ।