मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बधाई थाप्दा थापदै काम गर्न समय नपाउलान भन्ने डर

बिष्णु सुबेदी, काठमाण्डौ, 2011/06/14

चलचित्र बिकास बोर्डमा नेतृत्व नियुक्त भएको एक महिना पुग्नै लाग्दा पनि बधाई दिने र स्वागत गर्ने क्रम सकिएको् छैन । केही दिन अघिसम्म अध्यक्ष गणेश भण्डारी एक्ला थिए स्वागत र बधाई पाउने । तर अहिले् यो सूचि लामो बनेको छ र सूचिमा थपिएका छन् बोर्डका सदस्यहरु मौसमि मल्ल, बिजय बस्नेत र उदय सुब्बा । यतिमा मात्रै यो सुचि सकिएको छैन । यो सुचिमा सेन्सर बोर्डका सदस्यद्धय संगितकारहरु चेतन सापकोटा र लक्ष्मण शेष पनि छन् ।  

 

चलचित्रसँग सम्बन्धित निकाय बिकास बोर्ड र सेन्सर बोर्डमा नियुक्त पधादीकारी जस्तै केही दिन अघि मात्रै राखेपमा सदसय सचिब नियुक्त भएका चलचित्रकर्मी युवराज लामा स्वागत, सम्मान र बधाई पाउने चलचित्रकर्मीकोको सुचिमा परेका छन् ।  पछिल्लो समय बधाई र स्वागत कार्यक्रममा सहभागी हुँदैमा समय खर्च हुने भएकाले अब त यि पदाधिकारीहरूले काम गर्ने समय नै पाउँदैनन् कि भन्ने ब्यंग पनि चलचित्र क्षेत्र भित्रै गर्न थालिएको छ । यद्यपी बिभिन्न संस्थाहरुले जस्तै आज निर्देशक समाजले एक कार्यक्रमको आयोजना गरी बिकाश बोर्डका अध्यक्ष सहित सदस्यहरु, सेन्सर बोर्डका सदस्यहरु र राखेपका सदस्य सचिबलाई स्वागत गर्नुका साथै बधाई ज्ञापन गरेको छ ।

 

कार्यक्रममा चलचित्र क्षेत्रको उच्च निकायमा पुगेका कारण चलचित्र क्षेत्रको हितका लागी काम गर्न पदाधिकारीलाई निर्देशक समाजले खबरदारी गरेको छ ।  यता राखेप सदसय सचिब लामालाई बधाई दिदै चलचित्र क्षेत्रको ब्यक्ति खेलक्षेत्रको उच्च पदमा नियुक्त हुनु सबै चलचित्रकर्मीका लागी खुशिको कुरा भएको बताइएको छ । चलचित्र निर्देशक समाजका कार्यबहाक अध्यक्ष बिमल पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले आफु चलचित्र क्षेत्रको सिबकाशका लागी प्रतिबद्ध रहेको बताएका थिए । कार्यक्रममा चलचित्र क्षेत्रका बिभिन्न ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।