जेष्ठ २७ वाट देशभर प्रदर्शनमा आएको चलचित्र दुलहीलाई दर्शकले मनैवाट अन्माएका छन् । चलचित्रलाई दर्शकले रूचाएको हुनाले प्रदर्शनको शुरूवात देखि नै यो चलचित्रले राम्रो व्यापार गरेको छ ।
देशभर झण्डै दुई दर्जन सिनेमा घरमा प्रदर्शनमा आएको दुलही पूर्वमा २ सिनेमा घरवाट प्रदर्शनमा आएको थियो । चलचित्र दुलही पूर्वका अन्नपूर्ण वितामोर्ड र पाथिभरा दमक सिनेमा घरवाट प्रदर्शनमा आएको चलचित्रले सुरुवात मै उत्साहजनक व्यापार गरिरहेको हल सञ्चालकले जानकारी दिए । धरान स्थित गणेश टाकीजमा भने २७ गतेवाट नै प्रदर्शनमा आउने भनिए पनि श्रीमानले होल्डओभर कायम राखेपछि केही ढिलाहुने भएको छ । धरानमा गणेश टाकीज सँगै पूर्वका कञ्चन पथरी , शारदा वेलबारी ,मनकामना झुम्का लगायतका हलमा शुक्रवारवाट प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी दिएको छ ।
दुलहीले व्यसायीक सुरुवात राम्रै गरेको हुनाले दुलहीले सुस्ताउदै गएको नेपाली चलचित्रको व्यापारलाई दुलहीले उर्जा थप्ने पाथिभरा दमकका हल सञ्चालक तथा वितरक चैतन्य बरालको दावी छ । छ । शनिबार चलचित्र हेरे पछि दमकका सुवास थापाले चलचित्र नेपाली समाजले पचाउने तथा नेपाली दर्शकको भावना अनुरुपको बनेको प्रतिक्रिया दिए । त्यस्तै पथरीका सविना थापाको पनि चलचित्रले मन छुन सफल भएछ । उनलाई चलचित्र सँगै सुमिना घिमिरेको अभिनय राम्रो लागेछ । दर्शकले राजेश हमालको फरक भुमिका समेत मन पराएका छन् ।
प्रदर्शन अगावै गीतसंगीतले चर्चा कमाउन सफल चलचित्र दुलहीको निर्देशन बाबुराम ढकालले गरेका हुन् । चलचित्रमा राजेश हमाल, मुकेश ढकाल र सुमिना घिमिरेको मुख्य अभिनय रहेको छ । ओएसआर व्यानरमा हर्षिता केसीले निर्माण गरेको सो चलचित्रमा अष्ट लामाले संगीत दिएका छन्।