मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्देशकहरूलाई लगानी कती ?

बिष्णु सुबेदी, काठमाण्डौ, 2011/06/16

नेपाली चलचित्रमा कस्को रेट कति भन्ने बारेमा पटक पटक चर्चा चलि नै रहेको हुन्छ । चलचित्रमा निर्माताले कति लगानी गर्ने भन्ने देखि निर्देशकले पाउने पारिश्रमिक मात्र हैन कलाकार र प्राबिधिकको पारिश्रमिकले पनि पटक पटक चर्चा पाउने गरेको छ ।


खास गरी निश्चित रेट तय नहुनुले पटक पटक पारिश्रमिकका बारेमा प्रसंगहरु उठ्ने गरेको हो । निर्माताको हकमा कुरा गर्नेहो भने चलचित्रको कथाबस्तु देखि लोकेशन सम्मको कुराले लगानीमा फरक पार्ने गर्दछ । तर अन्यको हकमा भने निश्चीत पारिश्रमिक तय गर्न सकिने अवस्था छ । केहीले आफ्नो पारिश्रमिक तोकेका पनि छन् । तर चलचित्र क्षेत्र भित्रकै केही ब्यक्तिहरुको भनाइलाई आधार मान्ने हो भने उनिहरुले पनि आफुले तोके अनुसारको पारिश्रमिक लिने गर्दैनन् । आपसी समझदारी र चिनाजानीका आधारमा धेरैले काम गर्नु पर्ने हुदा पारिश्रमिक तोक्नु भनेको हात्तीको दाँतको कथासँग मिल्न जान्छ ।



केही चलचित्रकर्मीहरुले आफ्नो पारिश्रमिक त तोकेका छन् तर धेरैले भने आफ्नो पारिश्रमिक तोकेका छैनन् । अहिले कुरा गरौ निर्देशकहरुको । चलचित्रको मुख्य भार निर्देशकले नै लिने गर्दछन् । त्यसैले पनि होला चलचित्र निर्देशकको अभिब्यक्ति हो भनेर भन्ने गरीन्छ । त्यसो त यति धेरै जिम्बेबारी लिने निर्देशकहरुको पारिश्रमिक कती होला प्रश्न उठ्छ  -



चलचित्रको बजेट जती नै होस राम्रो चलचित्र बनाउनु निर्देशकको पहिलो कर्तबय हो । तर निर्देशकहरुको पनि पारिश्रमिक निश्चत छैन । चलचित्र बन्नु अगाडी बाटै चलचित्र चलुञ्जेल सम्म कही न कतै निर्देशक चलचित्रसँग जोडीएकै हुन्छ । यसरी कामको सुरु देखि अन्त्य सम्म खटिने निर्देशकको पारिश्रमिकको कुरा गर्दा केही निर्देशकलाई छोड्ने हो भने नायकहरुको भन्दा पनि कम छ ।



मुलधारका चलचित्रको कुरा गर्ने हो भने शिब रेग्मी जसलाई हामी सफल चलचित्र निर्देशक भन्ने गर्दछौ । उनले एउटा चलचित्र निर्देशन गरे बापत ७ लाख रुपैयाँ लिने गर्दछन् रे ! त्यसो त उनलाई धेरै चलचित्रकर्मीहरुले महङ्गो चलचित्र निर्देशक पनि भन्ने गर्दछन् । तर केही चलचित्रकर्मीहरुले शिबले ७ लाख रुपैया आफ्नो पारिश्रमिक तय गरे पनि कही कतै न कम पारिश्रमिकमा काम गर्ने गरेको बताउछन् । यि पछि उज्वल घिमिरेको कुरा गरौ । चलचित्रमा कम्प्रमाइज नगर्ने निर्देशकको रुपमा चिनीने यि निर्देशकलाई लिन धेरै निर्माता डराउँछन् । त्यसो त उनको पारिश्रमिक धेरै भएर हैन । एउटा चलचित्रबाट ५ लाखको हाराहारीमा लिने उज्वलले चलचित्रमा कम्प्रमाइज गर्न नमान्ने हुँदा निर्माताहरू उनीसँग काम गर्न डराउँछन् ।



चलचित्रमा निर्देशकले केही बढी पारिश्रमिक लिनु अस्वभाविक कुरा चाहिं हैन । बरु यिनिहरुले पारिश्रमिक लिए अनुसारको काम दिन्छन् की दिन्नन् त्यो महत्वपूर्ण पाटो हो । निर्देशक ऋषि लामीछाने छोटो समयमा नै सफल भएका निर्देशक हुन । उनको रेट त्यति महङ्गो छैन । उनले एउटा चलचित्र निर्देशन गरेबापत तीन लाखको हाराहारीमा लिने गरेको बुझिएको छ । निर्माणको क्रममा रहेको एउटा चलचित्रमा आफुले ४ लाख पारिश्रमिक लिएको दाबी निर्देशक लामिछानेको छ ।


निर्देशक आकश अधिकारी त पैसामा कम्प्रमाईज नगर्ने बताउँछन् । सात लाखको हाराहारीमा पारिश्रमिक लिने गरेको बताउने आकाशले अरूको चलचित्र खासै निर्देशन नगर्ने समेत बताउँछन् । होमप्रोडक्सन कै चलचित्र निर्देशन गरेका आकाशले शुरूका दिनमा अरूको चलचित्र निर्देशन गरेपनि अब भने आफूलाई चित्त बुझ्दो काम र पारिश्रमिक भए मात्र काम गर्ने बताउँछन् । निर्देशक सुरेशदर्पण पोखरेल पनि शुरूका दिनमा काम देखाउनका लागी कम पारिश्रमिक लिएको र अब भने पारिश्रमिकमा कम्प्रमाईज नगर्ने बताउँछन् । उनी भन्छन्, ' घाँटी हेरेर हाड निल्नु पर्छ भन्ने उखान जस्तै निर्माताहरूलाई नमारि म आफ्नो चित्त बुझ्दो पारिश्रमिक लिन्छु ।'



ज्यादै कम देखि मोटो रकम पारिश्रमिक लिनेहरु पनि यहि चलचित्र क्षेत्रमा छन् । प्राय निर्देशकहरुले आफ्नो पारिश्रमिक तय गरेका छन् । त केहीले आपसी समझदारीमै काम गर्दै आएका छन् । उनिहरुले आफुले लिएको पारिश्रमिक खुलाउन पनि चाहन्नन् । यसरी चलचित्रको मुख्य कार्यभार नै सम्हाल्ने निर्देशकहरुले निर्माताको लगानी र आफ्नो कामका आधारमा पारिश्रमिक लिने हो की !