मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रेमिको एक्सनमा प्रेमिकाको रियाक्सन

बिष्णु सुबेदी, काठमाण्डौ, 2011/06/16

चलचित्रलाई कल्पनाको संसार मान्ने गरिन्छ । काल्पनिक बिषय वस्तुमा उतकृष्ट काल्पनिकता प्रस्तुत गर्दै वास्तविकतासँग निकट गराउनु चलचित्रको महत्वपूर्ण पक्ष हो । चलचित्रलाई कल्पनाकै संसार माने पनि कहिले काही त्यही कल्पना धेरैको वास्तविक जीवनमा मेल खाने गर्दछ । त्यसैले धेरैले पहिले नै भन्ने गर्दछन् प्रस्तुत घटनाक्रम र पात्रहरु केवल काल्पनिक मात्र हुन यदि कसैको जिवनसँग मिल्न गएमा त्यो संयोग मात्र हुनेछ ।



चलचित्र जतीनै काल्पनिक कथा वस्तुमा तयार पारिए पनि समाजका बस्तु यथार्थहरुलाई चलचित्रले उठान गरेकै हुन्छ । त्यसैले तपाई हाम्रो भावना बोक्ने यस्ता चलचित्रले प्रस्तुत गर्ने कथा र घट्नाक्रमलाई हामी आफ्नै ठानेर स्वीकार गर्दछौ । आम र्सवसाधारणको भावनालाई कही कतै चलचित्रले स्पर्श गर्ला नगर्ला त्यो फरक कुरा भयो तर प्रदर्शनको क्रममा रहेको चलचित्र 'के यो माया हो' ले नायिका सुष्मा कार्कीको प्रेम कथालाई भने स्पर्श गर्न सफल भएको छ । उनले आफ्नो प्रेम सम्बन्ध रियल लाइफ र रिल लाइफमा मिल्दो जुल्दो भएको बताएकी छन् । रिल लाइफको नायक र रियल लाइफको नायक भने फरक छन् ।



चलचित्रमा चुलबुले केटीको रुपमा प्रस्तुत भएकी यि नायिका आर्यन सिग्देलकी प्रेमीका भएर देखिएकी छन् । तर वास्तविक जीवनमा भने यि नायिका सोही चलचित्रका निर्देशक सुदर्शन थापाकी रियल लाईफकी नायिका हुन् । अर्थात निर्देशक सुदर्शन र सुष्माको बिचमा गहीरो प्रेम सम्बन्ध छ । जुन कुरालाई दुबै जनाले स्विकारेका पनि छन् । माया पाउन सुष्माले रिल लाईफका प्रेमी आर्यनलाई चलचित्रमा निकै सताए जस्तै रियल लाईफका हिरो सुदर्शनलाई पनि माया पाउन बेला बेलामा सताउने गरेको बताईन् । प्रेमीकाले प्रेमीको माया पाइराख्न प्रेमीलाई सताउन पर्दछ भन्दै उनले सुदर्शनलाई बेला बेलामा सताउने गरेको बताईन् ।



पोखरा, जोमसोम लगायतका स्थानहरुमा खिचिएको चलचित्रको छायाँकनमा ६६ दिन प्रेमीसँग बिताएकी यि नायिकाले यो चलचित्रले प्रेमी प्रेमीकाको बिबाह अघि र पछिको कुरा उठाएको बताउदै बिबाह अघिका धेरै कुरा आफ्नो वास्तविक जिवनसँग नजिक रहेपनि बिवाह पछि भने चलचित्रमा देखाए भन्दा फरक किसिमको जिवन जिउने बताएकी छन् । उनी भन्छिन्, 'यो चलचित्रको कथा हाम्रो जीवनसँग केहि हदसम्म मिलेपनि बिबाह पछि भने चलचित्रको कथा भन्दा फरक हुन्छ हाम्रो जीवन ।'


निर्देशकको गर्लफ्रेण्ड भएकै कारण चलचित्रमा अभिनय गर्न पाएकी भन्ने हल्ला झुटो रहेको बताउदै आफुले आफ्नै खुबिले चलचित्रमा खेल्ने मौका पाएको बताएकी छन् । त्यसैले सुदर्शनले सुष्मालाई आफ्नो प्रेमीका भएर नायिका बनायो भन्ने कुरामा सत्यता नभएको उनको भनाई छ । चलचित्र मेरो एउटा साथि छ बन्नु अघि नै आफूहरू प्रेमी प्रेमिका भएको बताउने सुष्माले कामका बेला अन्य निर्देशकहरुले जस्तै ब्यवहार गर्ने गरेको भन्दै प्रेमी र प्रेमीकाको सम्बन्ध काममा नझल्केको बताईन् । उनले थपिन्, 'उनी मेरो प्रेमी भए पनि छायाँकनमा हामी दुबैले एउटा कलाकार र निर्देशकको ब्यवहार नै गरेका छौ ।'