तीन दशक देखि नेपाली चलचित्र क्षेत्रमा निरन्तर काम गरिरहेका निर्देशक तुलसी घिमिरे अब भने नेपाली भएर बाच्न पाउने भएका छन् । तीन दशक अघि बाँसुरी नामको चलचित्र निर्देशन गरेर नेपाली चलचित्रको यात्रा थालेका घिमिरेले नेपाली चलचित्रको माध्यमबाट नेपालको राष्ट्रीय सम्पदा र संस्कृतिको बिषयमा योगदान पुर्याएको भन्दै नेपाल चलचित्र बिकाश बोर्डले उनको सम्मानका लागी नेपाली नागरिकताको शिफारिस गरेको हो ।
चलचित्र बिकाश बोर्डको दोस्रो बैठकले नेपाली चलचित्र क्षेत्रमा माइलस्टोन चलचित्रहरु दिन सफल भएका यि निर्देशकलाई नेपाली नागरिक बनाउन लागेको छ । पहिलो पटक रजत जयन्ती मनाउन सफल चलचित्र कुसुमे रुमाल, जनआन्दोलन र जनताको बिद्रोहलाई समेटिएको ऐतिहासिक चलचित्र बलिदान, लाहुरे, दर्पणछायाँ लगायतका २० वटा चलचित्र निर्देशन गरिसकेका निर्देशक घिमिरेले नागरिकता पाउने लागेको सुन्दा धेरै चलचित्रकर्मी खुसी छन् ।
कलाकार गोपाल भुटानीले मर्ने बेलासम्म पनि नागरिसकता नपाएपछि आर्कोषित चलचित्रकर्मी अहिले भने खुसी छन् । निर्देशकको अलावा एउटा राम्रो कलाकारको रपमा चिनिएका घिमिरे अभिनयमा पनि उक्तिकै दखल राख्ने कलाकार हुन् । उनले धेरे नेपाली चलचित्रमा अभिनय गरीसकेका छन् । चलचित्रका अलाबा बिज्ञापनहरुमा पनि देखिने घिमिरेले पछिल्लो समय एनिमेटेट चलचित्र बुद्धको निर्देशन गरेका छन् भने मृगतृष्णाको डबिङ भईरहेको छ ।