मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रेमि प्रेमिका नभएको दाबी

बिष्णु सुबेदी, काठमाण्डौ, 2011/06/17

चलचित्रकर्मीहरुको प्रेम सम्बन्धले पटक पटक यो क्षेत्रमा चर्चा पाउँदै आएको छ । खासगरी प्रेम समबन्ध भए पनि छैन भन्नेहरु धेरै छन् यहाँ । अपबादलाई छोडेर हेर्ने हो भने प्राय सबै चलचित्रकर्मीले आफ्नो प्रेमलाई लुकाउने गरेका हुन्छन् । आफ्नो नितान्त व्यक्तिगत कुरा भएको भन्दै उनीहरू आफ्नो प्रेमको बारेमा खुल्न चाहँदैनन् ।

प्रसंग असार १० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र अंगालो यो मायाको हो । यस चलचित्रमा गायक तथा नायक प्रशान्त तामाङको प्रेमिका भएर हर्षिका श्रेष्ठले अभिनय गरेकी छिन् ।  तर हर्षिका रियल लाइफमा भने सम्पादक बिपिन मल्लको प्रेमीका भएको हल्ला चलचित्र क्षेत्रमा ब्यापक छ । आफ्नो प्रेमीका भएका कारण बिपिनकै शिफारिसमा श्रेष्ठले यो चलचित्रमा अभिनयको अवसर पाएको भन्ने कुरा त बिपिन सहर्ष स्वीकार गर्दछन् । तर उनि आफ्नो प्रेमीका नभएर एउटा राम्रो साथी भएको बिपिनको प्रतिक्रिया छ ।

 

हर्षिकाले मोडलिङ गर्दा गर्दै आफूसँग भेट भएको र त्यसपछि आफैसँग सम्पादन सिकेको बेला नजिकिएको भन्दै बिपिन भन्छन्, ' उनले अभिनय गरेका केही म्यूजीक भिडियो मैले हेरेको थिएँ । उनले राम्रो अभिनय गरेको देखेर मैले चलचित्रमा सिफारिस गरेको हुँ । मैले सिफारिस गरें भन्दैमा प्रेमिका नै हो भन्न मिल्दैन । उनी मेरो मिल्ने साथी मात्र हुन् ।' उनकै भनाइसँग मिल्ने प्रतिक्रिया छ नायिका हर्षिकाको पनि । उनले बिपिनलाई प्रेमी हैन आफ्नो गुरु मान्छिन् । उनी भन्छिन्, 'उहाँले मलाई सम्पादन मात्र नभएर धेरै कुरा सिकाउनु भएको छ त्यसैले उहाँ मेरो प्रेमी नभएर गुरू हुनुहुन्छ ।'
 

बिपिन र हर्षिकाले आफूहरू गुरू चेली भएको बताए पनि हर्षिका र प्रशान्तको रिल लाईफको रोमान्स हेर्न धेरै दिन कुर्नुपर्दैन । किनकी आउँदो शुक्रबार प्रशान्त र हर्षिका अभिनित चलचित्र 'अंगालो यो मायाको' सार्वजनिक हुँदैछ ।