मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ओस्कर कलेजद्धारा चलचित्रकर्मी र चलचित्र पत्रकारहरुलाई बधाई तथा सम्मान

बिष्णु सुवेदी, काठमाण्डौ, 2011/06/17

नेपाली चलचित्रका लागी दक्ष जनशक्ति उत्पादन गर्ने संस्था अर्थात चलचित्रको बारेमा पढाई हुने एउटा मात्र कलेज ओस्कार कलेजले आज एक कार्यक्रमको आयोजना गरी चलचित्र क्षेत्रका बिभिन्न संघ संस्थाका ब्यक्तिहरुलाई बधाई ज्ञापन गर्नुका साथै सम्मान गरेको छ ।


आज बिहान कलेजको आफ्नै प्राङगणमा आयोजना गरीएको एक कार्यक्रमका बिच चलचित्र बिकाश बोर्डका पदाधिकारी, चलचित्र सेन्सर बोर्डका पदाधिकारी, नेपाल चलचित्र संघका पदाधिकारी, उद्योग बाणिज्य संघमा चलचित्र क्षेत्रबाट पुगेका अशोक शर्मा र चलचित्र पत्रकार संघका पदाधिकारीलाई एकै साथ सम्मान गरेको छ । चलचित्र क्षेत्रका लागी जनशक्ति उत्पादन गर्दै आएको एक मात्र कलेज जसको प्रत्यक्ष सम्बन्ध चलचित्र क्षेत्रसँग रहेको बताउदै कलेजका सिइओ डा. घनश्याम खतिबडाले चलचित्रकर्मीहरुको उपस्थितिले मात्रै पनि कलेजका बिद्यार्थिहरुलाई हौसला मिल्ने बताएका छन् ।


बरिष्ठ चलचित्रकर्मी यादब खरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले चलचित्र क्षेत्रका बिभिन्न संघ सस्थाका बिचमा सहकार्य हुन नसकेको भनाई ब्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादब खरेलले चलचित्र बिकाश बोर्डलाई स्वायत्तता प्रदान गर्न सबै लागी पर्नु पर्ने बताए । उनले चलचित्र बिकाश बोर्डले स्वायत्तताका लागी थालेको कदमको प्रसंसा समेत गरे । यस्तै चलचित्र बिकाश बोर्डका अध्यक्ष गणेश भण्डारीले आफुलाई सबैको साथ र सहयोगको आवश्यकता रहेको बताउदै सबैको साथ र सहयोग मिलेमा आफुले चलचित्र क्षेत्रले चाहे जस्तै काम गर्न सक्ने बताए ।


कार्यक्रममा बोल्दै चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले चलचित्र बिकाश बोर्डले समग्र चलचित्र क्षेत्रका लागी राम्रो कामको थालनी गरेको भन्दै राम्रा कामका सबैले सहयोग गर्नु पर्ने बताएका छन् । उनले ओस्कार कलेजले आज सम्म निर्माता संघसँग कुनै सहकार्य नगरेको बताउदै कलेजसँग सहकार्य गर्न र कलेजका लागी आवश्यक सहयोग गर्न निर्माता संघ तयार रहेको बताए । यस्तै कार्यक्रमका अर्का बक्ता नेपाल चलचित्र संघका महासचिब प्रदिप उदयले चलचित्र संघ स्थापना देखिनै समग्र चलचित्र क्षेत्रको बिकाशका लागी लागी परेको बताउदै अब हरेक महिना चलचित्र संघमा एउटा पुरानो र नयाँ चलचित्र देखाएर नयाँ पुस्तालाई चलचित्र क्षेत्रका बारेमा जानकारी गराइने बताए ।

 

कार्यक्रममा बोल्दै चलचित्र बितरक संस्था डिसिएनका अध्यक्ष अशोक शर्माले नेपाली चलचित्रलाई उद्योगको मान्यता दिलाउन आफु लागी परेको बताएका छन् । उनले सरकारबाट चलचित्रलाई किन उद्योगको मानयता दिने भन्ने बारेमा डकुमेण्टमाग भएकोले आफुहरु डकुमेण्ट तयार पार्न लागी परेको बताए । यस्तै उनले डिसिएन सर्बरलाई मलेसियामा बिस्तार गरी त्यहाँ समेत नियमित रुपमा चलचित्र प्रर्दशन गरीने बताए । कार्यक्रममा बोल्दै चलचित्र पत्रकार संघका उपाध्यक्ष प्रदिप निरौलाले चलचित्र क्षेत्र चलायमान हुन नसकेको बताए । उनले चलचित्र पत्रकार र चलचित्रकर्मीहरुको सम्बन्ध नङ र मासुको जस्तै हुनु पर्नेमा त्यो हुन नसकेको बताए ।