नेपाल चलचित्र विकास बोर्डले गरेका निर्णयहरुको चलचित्र निर्माता संघले खुलेर सवागत तथा सर्मथन गरेको छ । बिहिबार चलचित्र विकास बोर्डले आफ्ना निर्णहरु सार्वजनिक गरे लगत्तै फिल्मीखबर डटकमसँग कुरा गर्दै चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले बोर्डका निर्णयहरु पुर्ण नभए पनि सुरुवात राम्रो भएको बताएका छन् । उनले यस अघि निर्माता संघले अघि सारेका केही मागहरु सम्बोधन भएको बताए ।
यहाँ निर्णय गर्न सजिलो छ तर कार्यान्वयन गर्न अलि असहज छ नि भन्ने हाम्रो प्रश्नमा उनले कार्यान्वयन भए नभएको अनुगमन गर्ने जिम्मा बोर्डको भएको भन्दै कार्यान्वयनका लागी आफुहरुले आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् । बोर्डले चलचित्र संघ लगायतका बिभिन्न संघ सस्था र सरोकारवालासँग लामो समय छलफल गरेर यो निणर्य लिएको बताउदै कार्यन्वयन हुनेमा आफु बिश्वस्त देखिएका छन् ।
चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारीलाई निर्माता संघले एक कार्यक्रमको आयोजना गरी स्वागत गर्नुका साथै बधाई दिदै आफ्नो अवधारणा पत्र पनि बुझाएको थियो । निर्माता संघले आफुलाई स्वागत गरिहदा भण्डारीले एकहातमा कदर पत्र र अर्को हातमा माग पत्र लिएर निर्माता संघले उठाएका बिषयहरुलाई तत्काल सम्बोधन गर्ने प्रंतिबद्धता ब्यक्त गरेका थिए । नभन्दै बोर्ड दोस्रो बैठकले निर्माता संघले उठाएका केही बिषयहरुलाई सम्बोधन गरेको छ ।
चलचित्र निर्माता संघका सचिब शुरेश दर्पण पोखरेलले निर्माता संघले समग्र चलचित्र क्षेत्रको प्रतिनिधित्व गर्दै चलचित्र क्षेत्रमा भएका समस्याहरुलाई समेटेर तयार पारीएको अवधारण बोर्ड समक्ष बुझाएकाले बोर्डले गरेका निर्णयहरूको स्वागत गर्दै ति निर्णयहरु समग्र चलचित्र क्षेत्रको हितका लागी भएको बताएका छन् । उनले बिभिन्न चरणमा बोर्ड र सरोकार वालासंग छलफल भै रहेको जानकारी दिदै निर्णय कार्यन्वयन गर्नु सबैको कर्तब्य भएको उल्लेख गरेका छन् ।