मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

टुहुरो बन्यो 'किन मायामा'

फिल्मीखबर, काठमाण्डौ, 2011/06/18

असार १० गतेबाट २ नेपाली चलचित्रहरु 'अंगालो यो मायाको' र 'किन मायामा' एकसाथ प्रदर्शन हुँदैछन् । यि दुबै चलचित्रका नायक प्रशान्त तामाङ हुन् । तर प्रशान्त तामाङले भने अंगालो यो मायाको चलचित्रको बारेमा मात्र प्रचार गरिरहेका छन् ।

 

अघिल्लो साता प्रशान्त चलचित्रको प्रचारप्रसारका लागी काठमाण्डौ आएका थिए ।  काठमाण्डौ आएका प्रशान्त एक पत्रकार सम्मेलनमा उपस्थित भए र भने, 'मैले अभिनय गरेको चलचित्र अंगालो यो मायाको असार १० गतेबाट चल्दैछ हेरिदिनु होला ।' तर उनले त्यहि दिनमा रिलिज हुने आफु अभिनित अर्को चलचित्र 'किन मायामा' को नाम समेत लिएनन् । यस्तो भेदभाव किन त ? धेरैलाई थाहा नहुन सक्छ कि चलचित्र 'किन मायामा' मा प्रशान्तले न गीत गाउन पाए न डबिङ नै गर्न । यहि कारणले गर्दा प्रशान्तले सो चलचित्रलाई बेवास्ता गरेका हुन् ।


प्रशान्त मात्र हैन सो चलचित्रकी नायिका सुमिना घिमिरे पनि चलचित्रको प्रचारप्रसारमा देखिएकी छैनन् । अन्य चलचित्रको सुटिङमा व्यस्त रहेकी सुमिनाले आफैले अभिनय गरेको चलचित्रलाई समय दिन सकेकी छैनन् । कलाकारको मात्र के कुरा ? चलचित्रका निर्देशक चुन्निलाल घिमिरे र निर्माता समिर प्रधान पनि नेपालमा छैनन् । त्यसैले उनीहरू पनि आफ्नो चलचित्रको प्रचारप्रसारमा उपस्थित भएका छैनन् । उनीहरूले चलचित्र चलाउने जिम्मा बितरक सुनिल मानन्धरको पोल्टामा राखे तर सुनिलले खासै समय दिन दिन सकेका छैनन् ।


चलचित्रका निर्माता समिर प्रधानले गत वर्ष चलचित्र गोर्खा पल्टनमा अभिनय गरेर सफल अभिनेताको पगरी गुथेका नायक प्रशान्त तामाङकै भरमा चलचित्र चलाउन अघि सरे तर यिनले अहिले भने आफ्नै २ चलचित्र मध्ये एउटालाई काखा र अर्कोलाई पाखा गरे जस्तो देखिएको छ । यसरी एउटाको मात्र प्रचार गर्दा अर्को चलचित्र असफल भयो भने पनि प्रशान्त तामाङ अभिनित चलचित्र नै असफल हुने हो । हैन र ?