मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मलेसियामा पनि डिसिएन सर्भर

बिष्णु सुबेदी, काठमाण्डौ, 2011/06/18

पछिल्लो समयमा नेपाली चलचित्र बिदेशमा प्रदर्शन हुने क्रम बढेको छ तर लामो समयसम्म प्रदर्शनको निरन्तरता पाउन भने सकेको छैन । आफ्ना साथीभाई, आफन्त तथा चिनजानको भरमा च्यारिटी शो जस्तो गरि चलचित्र प्रदर्शन गरिंदै आएको अवस्थामा नेपाली चलचित्रको बितरक संस्था डिजिटल सिनेमा नेपाल (डिसिएन) ले बिदेशमा नियमित चलचित्र प्रदर्शनको थालनी गर्ने भएको छ ।


नेपाली चलचित्रको बजार खोज्ने क्रममा डिसिएनले आफ्नो सर्भरलाई शुरूमा मलेशियामा पुर्‍याउने भएको छ । डिसिएनका महाप्रबन्धक अशोक शर्माले फिल्मीखबरसँग कुरा गर्दै मलेशियाका जोरबारु, क्वालालम्पुर र पेनाङमा आफ्नो सर्भर जडान गर्ने अन्तिम तयारी भईरहेको जानकारी गराए ।  उनले केही समय अघि उद्योग बाणिज्य संघको प्रतिनिधित्व गर्दै आफु मलेशियामा जादा त्यहाँको चलचित्र बितरक संस्था लोटससँग कुराकानी गरेको र डिसिएनका अध्यक्ष भास्कर ढुंगाना मार्फत यो कामलाई अगाढी बढाइएको जानकारी दिए ।


मलेसियामा हिन्दी, तामिल तथा अंग्रेजी चलचित्र प्रदर्शनको जिम्मा लोटसले लिएको भन्दै उनले लोटस त्यहाँको प्रमुख बितरक संस्था भएको जानकारी दिए । चलचित्र प्रदर्शनका बखत उठेको रकमको २० प्रतिशत लोटसले लिने गरी सहमति भएको जानकारी दिदै शर्माले मलेसियामा गरिने सेन्सर देखि सबै जिम्मा लोटसको भएको बताए । शर्माले लोटसले २० प्रतिशत लिए पछि बाँकि रहेको ८० प्रतिशतमा निर्माता, हल सञ्चालक र डिसिएनले कति कति प्रतिशत पाउने भन्नेमा केही दिनमा नै सहमति हुने जानकारी दिए ।


सुरुमा ६ वटा चलचित्रलाई सेन्सरका लागी पठाउन तयारी भईरहेको भन्दै ति चलचित्रको सबटाईटलिङ भईरहेको जानकारी दिए । गत बर्षका उत्कृष्ट चलचित्रहरु गोर्खा पल्टन, कोही मेरो, हिफाजत, फस्ट लझ, प्रहार र दशगजालाई २ हप्ता भित्रमा सेन्सरका लागी मलेशिया पुर्‍याउने बताउदै उनले अहिले गोर्खा पल्टन र फस्ट लभको सब टाईटलको काम भईरहेको र बाँकी ४ चलचित्रको टाईटल राखी भईसकेको जानकारी दिए ।

 

यसरी डिसिएन सर्भर जडान गरी सञ्चालन गरीएको हलहरुमा नेपालमा झै नियमित रुपमा चलचित्र प्रदर्शन हुने भन्दै कति शो प्रदर्शन हुने भन्ने कुरा चलचित्र मै भर पर्ने शर्माको भनाई छ । उनले राम्रा चलचित्रलाई मात्र मलेशियामा प्रदर्शनका लागी पठाइने जानकारी दिदै मलेशिया पछि भारतका बिभिन्न स्थानमा डिसिएन सर्भर जडान गरीने बताए । सबैभन्दा पहिला नेपालीहरुको बाहुल्यता रहेका भारतका दार्जलिङ, सिक्कम, सिलुगढी लगायतका स्थानमा सर्भर जडान गरी नेपाली चलचित्र नियमित रुपमा प्रदर्शन गरीने शर्माले जानकारी दिए ।