मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बर्गीकरणको मापदण्ड अर्को हप्ता

बिष्णु सुबेदी, काठमाण्डौ, 2011/06/21

चलचित्र विकास बोर्डले चलचित्र र चलचित्र हलको बर्गीकरणको काम तिब्र गतिमा अगाढी बढेको जानकारी दिएको दिएको छ । बोर्डका प्रबता समेत रहेका बर्गिकरण मापदण्ड समितिका संयोजक बिजय बस्नेतले दिएको जानकारी अनुसार चलचित्र घरहरुलाई ए, बि र सि गरी तिन वर्गमा बिभाजन गर्ने गरी मापदण्ड तयार पारिंदै छ ।

चलचित्र विकास बोर्डले चलचित्र घरहरुले चलचित्र प्रदर्शनको बेला दर्शकलाई दिने सुबिधालाई मुख्य बिषय बनाएर चलचित्र हलहरुको बर्गीकरण गर्न लागेको हो । यस्तै चलचित्र प्राबिधिक रुपमा जति नै राम्रो बने पनि हलमा जडान गरीएको प्रोजेक्सन सिष्टम र साउण्ड सिष्टम लगायतका प्राबिधिक उपकरणहरु स्तरिय नहुँदा त्यो चलचित्रको गुणस्तरियतामा असर पर्ने भन्दै चलचित्रमा जडान गरिएको प्रबिधिलाई अर्को मुख्य आधार मानिए संयोजक बस्नेतले जानकारी दिए ।

अहिले चलचित्र हल सञ्चालकहरुसँग छलफल भईरहेको जानकारी दिदै उनले बर्गीकरणमा सबै सकारात्मक रहेको बताएका छन् । 'सरोवाला र हल वालासँग कुराकानी जारी छ', उनले भने, 'शुक्रबार फेरी छलफल गरी एउटा टुङ्गोमा पुग्नेछौं ।' सरोकार वालासँग छलफल भईरहेको जानकारी दिदै बस्नेतले चलचित्र र चलत्रिको बर्गीकरण सम्बन्धमा तय गरिएका मापदण्डहरु मंगलबार सम्म सार्वजनिक गर्ने जनाएका छन् ।

 

यस्तै समितिले चलचित्रको बर्गीकरणमा पनि तिब्रता साथ लागेको जनाएको छ । संयोजक बस्नेतका अनुसार चलचित्रको बर्गीकरणका लागी मापदण्ड तयार गर्दा चलचित्रको अन्तराष्ट्रिय मापदण्डलाई आधार बनाइएको छ । यस अघि चलचित्र क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाई गुणस्तर बृद्धिका लागी चलचित्र र चलचित्र हलहरुको बर्गीकरणको मापदण्ड तयार पार्न बोर्डका प्रबक्ता बिजय बस्नेतको संयोजकत्वमा चलचित्र क्षेत्रका बिभिन्न व्यक्तित्वहरु सम्मिलित ७ सदस्यिय एउटा समिती बनाएको छ ।