मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गुरूकुलमा 'खग्रास'

फिल्मीखबर, काठमाण्डौ, 2011/06/22

केही दृश्यहरू सेन्सर गर्नुपर्ने भन्दै चलचित्र सेन्सर बोर्डले चलचित्र 'खग्रास' लाई प्रदर्शनको अनुमति नदिएपछि सो चलचित्रको गुरूकुलबाट प्रदर्शनको शुरूवात गरिएको छ । यहि क्रममा मंगलबार सो चलचित्रको प्रेश सो गरियो ।


आफ्नो चलचित्रमा कुनै त्यस्तो सेन्सर गर्नुपर्ने कारण नहुँदा नहुँदै पनि सेन्सर बोर्डले पास नगरेपछि त्यसको रिसमा निर्माता निलहरी काफ्लेले गुरूकुलमा 'खग्रास' को शो गरेका हुन् । अब यो चलचित्र गुरूकुलमा  हरेक दिन साँझ ५ बजे १५ दिन सम्म प्रदर्शन हुने भएको छ । शैलेश आचार्य निर्देशित उक्त चलचित्रमा अभिनय गरेका अधिकांश कलाकार गुरूकुलकै भएकोले पनि चलचित्रको शो गुरूकुलमा गरिएको काफ्लेको भनाई छ ।


माओवादी द्वन्द्वकालका केही घटनालाई आधार बनाई तयार पारिएको चलचित्र खग्रासमा को लेखनमा निर्देशक स्वयं र नयनराज पाण्डेले यसको पटकथासंवाद तयार पारेका हुन् । च्यारिटी शोको नाममा देखाईन लागेको सो चलचित्रलाई बैकल्पिक सिनेमा नेपालले प्रस्तुत गरेको हो । अमेरिकाको न्यूयोर्क र डिसी एरियाको साथमा नेपालको लमजुङ, धादिङ, काठमाण्डौ र भक्तपुरमा छायाँकन गरिएको सो चलचित्रमा संयोग पोखरेल, सुनिल पोखरेल, सोनी केसी, दुर्गा बराईली, एन्थोनी विलेट, एलिस प्रोय लगायतको अभिनय रहेको छ ।

 

डोमिन आचार्य, कल्पना आचार्य, भावना आचार्य तथा दुर्गा पोखरेलले संयुक्त रूपमा निर्माण गरेको सो चलचित्रमा ताराप्रकाश लिम्बु, न्यू बज्राचार्य र सुगम पोखरेलको संगीत रहेको छ । चलचित्रमा ६ वटा गीत समावेश गरिएको छ । जसमा सुगम पोखरेल, सनुप पौडेल, न्यू बज्राचार्य, उत्तम लिम्बु, मनिष पोखरेल, प्राश्ना शाक्यको स्वर तथा ताराप्रकाश लिम्बु, दुर्गालाल श्रेष्ठ, विप्लप प्रतीक र रमण घिमिरेको शब्द रहेको छ ।