मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

किन मायामाको गीत सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2011/06/22

चलचित्र 'किन मायामा' को गीतहरु बुधबार सार्वजनिक गरीएको छ । काठमाण्डौमा आयोजीत एक कार्यक्रमका बिच चलचित्रका कलाकार, निर्देशक, निर्माता, बितरक, संगीतकार, गायक गायिका लगायतले ५ वटा गीतहरु रहेको उक्त चलचित्रको गीति एल्बम सार्वजनिक गरेका हुन् । चलचित्र किन मायामाका गीतमा महेश खड्काले संगित दिएका छन् भने ति गीतहरूमा  दिपक लिम्बु, अन्जु पन्त, कर्मा ग्याल्छेन बमजम र प्रमोद खरेलले गाएका छन् ।


कार्यक्रममा बोल्दै संगीतकार महेश खड्काले चलचित्रका गीतहरु स्तरिय भएको दाबि गरे । उनले उत्कृष्ट संगीत सृजना गरेको बताउदै चलचित्रमा संगीत दिने क्रममा जो कोही चलचित्रकर्मीलाई दु:ख दिएको भए माफि माग्दै आगामी दिनमा त्यस्तो दुख नदिने बताए । यस्तै कार्यक्रममा बोल्दै चलचित्रका नृत्य निर्देशक गोबिन्द राईले गीतका शब्द अनुसारको लोकेशनमा छायाँकन गर्न जादा आफुलाई लेक लागेको बताउँदै गीत सुन्दा जती जति कर्णप्रिय छन् हेर्दा झन् सुन्दर लाग्ने दाबि गरे ।

 

कार्यक्रमका प्रमुख अतिथि बितरक सुनिल मानन्धरले बोल्दै निर्माण पक्षले यो चलचित्रलाई प्रशान्त तामाङ अभिनित दोस्रो चलचित्र बनाउन चाहेकाले आफुले त्यो पुरा गरेको बताए । उनले प्रशान्त तामाङ काठमाण्डौ आउदा चलचित्र किन मायामाको बारेमा नबोले पनि सञ्चारकर्मीहरुले उनलाई सोधेरै बोल्न बाध्य बनाएको भन्दै उनले सञ्चारकर्मीहरुबाट साथ र सहयोग मिलेको भन्दै उनीहरूको खुलेर प्रशंसा गरे र आगामी दिनमा पनि यस्तै सहयोगको खाँचो रहेको बताए ।

 

चलचित्रका निर्देशक चुन्निलाल घिमिरेले यो चलचित्र राम्रो बनाउनमा कुनै कसुर बाँकि नराखेको बताउँदै हरेक वर्गलाई आफ्नो चलचिरचलचित्र मन पर्ने दाबि समेत गरे । उनले नेपाल र सिक्किमको रहनसहन तथा कलासंस्कृतिको आदान प्रदानमा पनि आफ्नो चलचित्रले सहयोग पुर्‍याउने बताए । यता नायिका सुमिना घिमिरेले भर्खरै रिलिज भएको चलचित्र 'दुलही' र यस चलचित्रको कथा नितान्त फरक रहेको भन्दै आफूले सक्दो राम्रो काम गरेको बताईन् ।

गीति एल्बम सार्वजनिक समारोहमा चलचित्रका २ वटा गीतको भिडियो समेत देखाइएको थियो । समिर प्रधानले निर्माण गरेको यो चलचित्रको यहि असार १० गते बिहान प्रिमियर गरिंदै छ भने सोही दिनबाट चलचित्र पनि नेपाल अधिराज्यभर एक साथ प्रदर्शन हुँदैछ ।