मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विकास बोर्डले कलाकार संग छलफल गर्ने

फिल्मीखबर, काठमाण्डौ, 2011/06/23
चलचित्र विकास बोर्डले निर्माता पछि कलाकारको गुनासो सुन्ने भएको छ । केही समय अगाडी मात्रै निर्माता संघले उठान गरेका बिभिन्न बिषयमा निर्णय गर्दै निर्माताका मागलाई सम्बोधन गरेको बोर्डले अब कलाकारका गुनासा सुन्ने भएको हो ।
 
 
 
छोटो समयमा नै बिभिन्न निर्णयहरु गर्दै लोकप्रियता कमाएको अहिलेको बोर्ड नेतृत्वले चलचित्रमा जोखिम उठाउने कलाकारहरुको सुरक्षा नभएको भन्दै उनिहरुको बिमाको प्रक्रियालाई अगाढी बढाउने बोर्डका अध्यक्ष भण्डारीले यस अ घिनै हामी संगको अन्र्तबार्तामा  प्रतिबद्धता जनाएका थिए । त्यहि अनुरुप डरलाग्दा द्धन्द्धका स्टन्ट दिने कलाकार देखि चलचित्रको श्रीबृद्धिका लागी लागीपरेका सम्पुर्ण कलाकारहरुको गुनासा सुन्ने र राज्यको तर्फबाट तत्काल कलाकारहरुका गुनासालाई सम्बोधन गर्नका लागी चलचित्र विकास बोर्डले कलाकारहरुसंग छलफल गर्ने भएको छ ।
 
 
 
शुक्रबार दिउसो आफ्नै कार्यकक्षमा कलाकारहरुसंग छलफल गर्न लागेको जानकारी दिदै बोर्डले कलाकारहरुसंगको छलफल पछि तत्काल उनिहरुका गुनासा सम्बोधन गरीने जनाएको छ । राज्यले कलाकारहरुलाई के गर्न सक्दछ ? के गर्नु पर्दछ ? त्यो गर्न तयार छ भन्दै बोर्डले कलाकारहरुको बिमाको प्रक्रिया तत्काल अगाढी बढाउने बताएको छ ।
 
 
बरिष्ट कलाकार स्वर्गिय गोपाल भुटानीलाई नेपाली नागरीकता दिन नसक्दा चलचित्र क्षेत्रनै नतमस्तक भएको बताउदै बोर्डले यसअघि निर्देशक तथा कलाकार तुलसी घिमिरेलाई नागरीकता दिने निर्णय गरेको थियो । यस्तै स्टन्ट दिने क्रममा घाइते भएर बाँकी जीवन पेसमेकरको सहारामा चलाएकी स्वर्गीय शान्ती मास्केको स्मरण गर्दै अहिले पनि कलाकारलाई राज्यले उचित सम्मान दिन नसकेको गुनासाहरु आइरहेका छन् ।
 
 
यो बिचमा चलचित्र विकास बोर्डले आयोजना गरेको छलफल कार्यक्रममा कलाकारहरुले के बिषय उठाउछन् त भनेर हामीले कलाकार संघका अध्यक्ष रमेश बुढाथोकीसंग बुझ्न खोज्दा उनले आफु नयाँ चलचित्रको लागी लोकेशन हेर्न धुलिखेल पुगेको बताउदै आफुलाई बोर्डको तर्फबाट जानकारी नआएको बताएका छन् । कलाकारहरुका समस्याहरु धेरै नै रहेको बताउदै बुढाथोकीले कलाकार संघको तर्फबाट अहिले सम्म एजेण्डा तयार नपारीएको जानकारी दिए ।