चलचित्र छाँयाकनका लागि कति समय लाग्ला ? सामान्यतया चलचित्र छाँयाकनमा एक महिना देखि ४५ दिन लाग्ने गरेको हुन्छ । हुनत यस अघि २२ दिनमै चलचित्रको छाँयाकन सकिएको खबर पनि हामीले नसुनेका हैनौ । तर दश दिनमा चलचित्रको छाँयाकन सकिएको जानकारी पाउदा भने धेरैले चलचित्र कस्तो बनेको होला भनेर जिज्ञासा राख्नु नौलो कुरा भएन ।
प्रसंग चलचित्र त्यो दश घण्टाको हो । जुन चलचित्रको छायाँकन १० दिनमै सकिएको थियो । अब १० दिनमै चलचित्रको छायाँकन सकियो भने छायाँकनले कति महत्व पायो सहजै अनुमान गर्न सकिन्छ । नाममा जस्तै चलचित्र भित्रका बिभिन्न पाटाहरुमा १० जोडिएको छ । चलचित्रमा १० जना कलाकारले अभिनय गरेका छन् भने छायाँकन प्रारम्भ भएको ठ्याक्कै १० घण्टापछि चलचित्रका लेखक वाईके पाण्डे छायाँकन स्थलमै दुर्घटनामा परे। त्यसपछि अस्पतालमा भर्ना भएका पाण्डे १० दिनमा डिस्चार्ज भएछन् । छायाँकनमा सुरु भएको १० घण्टामा नै लेखक बाइक दुर्घटनामा पर्नु केही संयोग त केही मिलाइएका १० चलचित्रका बिशेषता नै भएका छन् ।
अझ चलचित्र असार १० गते नै चलाउने हल्ला पनि नचलाइएको कहाँ हो र तर १० गते चलाउन नसकिए पछि असार १७ गतेलाई सारिएको छ । चलचित्र बनाउन गाह्रो हैन राम्रो चलचित्र बनाउन चाही अवश्य गाह्रो छ । तर १० घण्टामै तयार भएको २ घण्टाको चलचित्र राम्रो बनेको होला ? प्रश्न प्रश्नमै सिमित छ । चलचित्र राम्रो बनेको भए त राम्रै भो कमसेकम निर्माताको लगानी केही भए पनि कम भयो होला । तर चलचित्र राम्रो बनेको छ भन्ने बिश्वस्त आधारहरु के त ?
निर्माण पक्षले यो चलचित्र राम्रो बनेको दाबि गर्दै ५१ दिन सजिलै मनाउने भन्दै बताउदै आएको छ । अझ निर्माण पक्षका कुरा सुन्ने हो भने त यस्तो राम्रो चलचित्र अहिले सम्म बनेको पनि छैन रे ! निर्माण पक्षले भने झै चलचित्रले ५१ औ दिन मात्र हैन १० महिना नै ब्यापार गरोस हाम्रो शुभकामना छ । तर त्यो दश घण्टा भनेर नाम राखिएझै चलचित्रको रिलिज समय मात्र १० घण्टा भनेर संयोग जुराउन चाहिं नपरोस् नि!
मिति : २०८१ मंसिर १०, सोमवार
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-
त्यो १० घण्टाको संयोग
फिल्मीखबर, काठमाण्डौ, 2011/06/23
- सौगातको ‘बम बहादुर’ पुष ५ मा आउने, यस्तो छ टिजर
- ‘एक्टिङ स्टार’का विजेताले फिल्म खेल्न पाउने
- ‘कल्ली’का निर्देशकलाई पलको चुनौती- ‘प्रमाण छ भने कसले मसँग काम गर्न मानेन भन्नुस्’
- डबल ह्याट्रिकपछि अब ‘पहाड’मा विपिन र वर्षा
- फेरि सर्यो पल र दीपिकाको ‘मायावी’, अब महाशिवरात्रिमा
- गरिमा शर्मा : ‘लण्डन टू पेरिस’मा कमजोर, ‘ह्रस्व दीर्घ’मा झिनो सुधार
- बक्स अफिसमा ‘तेल भिसा’ औसत, ‘अग्निदहन’ नाजुक
- १८ वर्षपछि बन्ने भयो ‘भागम भाग’को सिक्वेल
- ‘परालको आगो’मा गौँथली बन्दै सुहाना
- कहिले रिलिज हुन्छ ‘बलिदान’ ?