
चलचित्रमा जे देख्दछौ त्यसकै अनुभव हुन्छ । चलचित्रमा रेल तथा जहाज चढ्दा त्यस्तै अनुभव हुन्छ । सर्प र किरा आउँदा उनिहरुले बेरेको अनुभव हुन्छ । गन्ध अनि बासना आएको जस्तै लाग्छ । धुवाँ आउँछ पानी परे झै हुन्छ भिजेको जस्तो लाग्छ । हावा हुरी चले झै लाग्छ । अझ भनौ चलचिमा जे जस्तो दृष्य देखिन्छ त्यो प्रत्यक्ष महशुस गर्न सकिन्छ ।
चलचित्रमा हेर्दा हामी आँखाले जे देख्दछौ त्यो महशुस मात्र हैन कथामा आफु नै पात्र भएको जस्तै लाग्छ । अझ भन्दा चलचित्रको पात्र बनेर हरेक दृष्यहरुलाई प्रत्यक्ष अनुभव गरेको भान हुन्छ । यस्तो अनुभब गर्न पाइन्छ 8D सिनेमा हेर्दा । बिभिन्न १२ प्रकारका इफेक्टहरु प्रत्यक्ष आफैले महशुस गरेर हेर्न पाइने यो 8D सिनेमाको पोखरेलीहरुले पनि मजा लिइरहेका छन् । पोखरामा बाराही चलचित्र मन्दिर र पूर्णिमा चलचित्र मन्दिर गरि २ वटा 8D हल सञ्चालनमा आएपछि पोखरेलीहरुले पनि यसको मजा लिइरहेका छन् ।
चलचित्र हेर्दा बिभिन्न एफेक्टहरुसँगै आफु बसेको कुर्सी हल्लिने, हल्लीने मात्र कहाँ हो र ? चलचित्रमा देखिने दृष्य अनुसार नै ढल्कने पनि गर्दछ । त्यति मात्र हैन चलचित्र हेर्नका लागी चस्मा समेत लगाउनु पर्दछ । बाराहीका सञ्चालक उत्तम दुवाका अनुसार अहिले एक शोमा २ वटा चलचित्रहरु प्रदर्शन गरिएको छ । एक शो को अवधि २५ मिनेटको हुने गरेको छ । 8D प्रबिधिमा चलचित्र बनाउन ज्यादै महंगो पर्ने हुदा कम चलचित्र बन्ने गरेको बताउदै दुवाले आफुहरुसँग १२ चलचित्र रहेको र तत्कालका लागी यि नै काफि भएको बताए ।
प्रायः एनिमेशन गरेर तयार गरीने यस्ता चलचित्र हेर्दा दर्शकहरुले भने ज्यादै मनोरञ्जन प्राप्त गरेको प्रतिक्रिया दिएका थिए । शनिबार बिहान बाराही हलमा 8D सिनेमा हेरेर र्फकदै गरेका दर्शकहरुले आफुहरु 8D बाट सन्तुष्ट रहेको प्रतिक्रिया दिए । उनिहरुले चलचित्र हेर्दा आफुनै चलचित्रको नायक भएको जस्तो लागेको बताए । बढी मात्रमा युवा युवतीहरु चलचित्र हेर्न हलमा आएको देखिन्थ्यो ।
झण्डै २ करोडको लगानीमा उक्त सिनेमा पोखरा ल्याएको बताउने सञ्चालकहरुले 8D बाट पोखरेली दर्शकहरु सन्तुष्ट रहेको बताएका छन् । हरेक आधा घण्टामा शो सुरु हुने चलचित्रको टिकट भने शो अनुसार १ सय ५० देखि ३ सय सम्म तय गरीएको छ ।