मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शुष्माले दिईन् माफी

सञ्जय सौगात, बुटवल, 2011/06/25

आफु अविवाहित हुँदाहुँदै पनि विवाहित भएको भ्रमात्मक समाचार प्रकाशन गरेको भन्दै न्यायका लागि उजुरी हाल्ने बताएकी नायिका शुष्मा कार्कीले अहिले भने उजुरी नहाल्ने बताएकी छिन् ।


केही दिन अगाडि काठमाण्डौको एक सञ्चारमाध्यमले आफुलाई विवाहित भएको भन्दै भ्रमात्मक समाचार प्रकाशन गरेको बिषयमा आफु न्यायालय जाने भनेर घोषणा गरेकी नायिका कार्कीले अन्ततः आफु न्यायालय नजाने निधो गरेकी हुन् । भ्रमात्मक समाचार प्रकाशन गरेर आफ्नो करिअर वर्वाद पार्न खाजेको भन्दै उनले समाचार लेख्ने पत्रिका विरुद्ध माइती नेपालमा उजुरी दिने बताएकी थिईन् । तर उक्त पत्रिकाले भुल भएको भन्दै क्षमा मागेपछि आफुले माफी दिएको नायिका कार्कीले शनिबार बताईन् ।


'पत्रिकालाई कार्वाही गरी न्यायका लागि माइती नेपालमा उजुरी हाल्ने योजना बनाएको थिए' उनले भनिन्, 'तर पत्रिकाले  उक्त समाचार अन्य कुनै व्यक्तिले इमेल गरेर पठाएको र समाचार बुझ्दै नुबझी छाप्नु आफ्नो भुल भएको भन्दै माफी मागेपछि माफी दिएँ।' शुष्माका अनुसार उक्त पत्रिकाले शुष्माको गाउँ बर्दियाबाट कुनै एक व्यक्तिले उक्त समाचार इमेल गरेर पठाएको र सोही आधारमा प्रकाशन गरिएको भन्दै क्षमा मागेको हो । त्यसो भए तपाईंकै गाउँको मानिसले करिअर वर्वाद पार्न खोजेको रहेछ नि त भन्ने जिज्ञासामा शुष्मा भन्छिन्, 'मेरै गाउँको मान्छेले हो की पत्रिका आफैले हो मेरो करिअर चाहिँ बर्बाद गर्न खोजिएकै हो ।'

 

निर्देशक सुदर्शन थापाको प्रेमिका रहेकी नायिका कार्कीले यिनै निर्देशकले निर्देशन गरेको चलचित्र 'के यो माया हो' मा मुख्य भुमिका निर्वाह गरेकी छिन् । श्रावणको २० गते सार्वजनिक हुने भनिएको सो चलचित्रको कथा आफ्नो जीवनसँग केहि हदसम्म मिल्ने नायिका कार्कीको भनाई छ ।