चलचित्र जगत भनेको चर्चाको थलो मानिन्छ । त्यसमाथि पनि नायिका विशेषरूपमा चर्चाको विषय बन्ने गर्दछन् । जुन स्वभाविक पनि हो । अहिले नेपाली चलचित्रको सेरोफेरामा रही चर्चा गर्ने हो भने खास गरी नायिकाको विवाह र विवाह विच्छेदकै कुरा बढी चर्चामा आइरहेका छन् ।
सन् १९९७ अगस्टमा भएको मिस नेपालको ताज पहिरिए देखि उनी ग्ल्यामरको संसारमा प्रवेश गरिन् । सन् १९९८ मा प्रकाश सायमीले चलचित्र ‘हतियार’ बाट झरनालाई फिल्मी दुनियाँमा प्रवेश गराए । त्यसयताका १४ वर्षमा झरनाले करिब २९ नेपाली चलचित्रमा काम गरिन्। तर दुर्भाग्य झरनाका एउटै पनि चलचित्र हिट भएनन् । बरू अंगप्रदर्शन उनको ब्रान्ड नै बन्यो ।
अभिनय गरेका हरेक चलचित्र असफल भएपछि केहि फ्रस्टेड भएकी झरनाले विपश्यनाको साहारा पनि लिईन् । उनको विपश्यना ध्यान प्रति दिनदिनै बढ्दै गइरहेको मोह पनि चर्चाको विषय बन्यो । ४ वर्ष अघि हिन्दी चलचित्र 'लभ इन नेपाल' मा अर्धनग्न नृत्य प्रदर्शन गरेको कारण चर्चामा रहेकी झरनाले बलिउड चलचित्र उद्योगमा संघर्ष गर्न मुम्बई पुगिन् । अढाई वर्ष मुम्बई बसे पनि उनको कुनै विशेष काम देखिएन। बरु अचानक एक जना युरोपियन युवकसँग इंगेजमेन्ट भएको खबरले महत्व पायो । इंगेजमेन्ट भएको दुई बर्ष भन्दा बढि भयो तर पनि झरनाको विवाह भने भएको छैन।
यति मात्र हैन असफल चलचित्रकी चर्चित ग्ल्यामरस नायिका बज्राचार्यले केहि समय अगाडी चलचित्र क्षेत्रबाट सन्यास लिएको समेत बताएकी थिईन् । आलोक नेम्वाङले निर्देशन गरेको चलचित्र 'कोही मेरो' बाट निकै आशावादी रहेकी नायिका बज्राचार्य सो चलचित्र असफल भएपछि सन्यासको घोषणा गरेकी थिईन् । सन्यास लिएको एक बर्ष नबित्दै उनी फेरी चलचित्रमा देखिंदैछिन् ।
एक दशक अघि रेश मरहठ्ठासँग चलचित्र 'चाहन्छु म तिमीलाई नै' मा देखिएकी झरना अहिले उनै नायकसँग चलचित्र 'माइ बेस्ट फ्रेन्ड' मा अभिनय गर्दैछिन् । जुन चलचित्रलाई प्रशन्न पौडेलले निर्देशन गर्दैछन् । यसरी सन्यास लिएर पनि पुन: चलचित्रमा देखिनुको अर्थ के त ? कतै चलचित्र नपाएर सन्यास लिएको त हैन ? या चलचित्रबाट फ्रस्टेड भएर केहि समयका लागि सन्यास लिएको हो ? यि प्रश्नहरू झरनालाई नै राख्दै चलचित्रमा पुन: देखिन लागेकोमा सफलताको शुभकामना !