मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

डिसिएनले डिस्ट्रिव्युसन नगर्ने

बिष्णु सुबेदी, काठमाण्डौ, 2011/06/26

चलचित्र बितरक संस्था डिजिटल सिनेमा नेपाल (डिसिएन) ले अब चलचित्रको बितरण नगर्ने भएको छ । चलचित्र बितरणमा लगातार घाटा सहनु परे पछि डिसिएनले यस्तो निर्णय गरेको हो ।

पछिल्लो समय डिसिएनले स्तरिय चलचित्र बितरण गर्न नसकेका कारण लगातार चलचित्र बितरणमा घाटा सहदै आएको छ । पछिल्लो समय चलचित्र छनौट गर्दा एउटा मापदण्ड तयार गरेर मात्र छनौट गर्नुपर्ने माग डिसिएनका सदस्यहरूले गरेका थिए । तर डिसिएन ब्यवस्थापकले त्यसो गर्न नसक्दा अब बितरण नै नगर्ने भएको हो ।

खास गरी पछिल्लो समय महाप्रबन्धक अशोक शर्माले आफ्नो मन परि चलचित्र छनौट गरेको भन्दै अन्य सदस्यहरुले आपत्ति जनाएका थिए । उनिहरुले राम्रा चलचित्रलाई भन्दा पनि अशोकले आफ्ना मान्छेका चलचित्रलाई प्राथमिकतामा राखेको बताएका छन् । त्यसपछि डिसिएनले चलचित्र छनौटका लागी एउटा समिती तयार पारे पनि अशोक शर्माले नै त्यो समिति बिघटन गरेको समेत नाम नखुलाउने शर्तमा डिसिएनका एक सदस्यले बताए । उज्वल घिमिरे, छबि ओझा, बिरेन्द्र नारायण श्रेष्ठ लगायतलाई चलचित्र छनौट समितीमा राखि समिति बनाए पनि अशोकले नै त्यो समिति भङ गरेको उनको भनाइ छ ।

डिसिएनको ब्यवस्थापन पक्षले अशोकलाई केही गर्न नसके पछि घाटा सहनु भन्दा बितरण नै नगर्ने भन्दै यस्तो निर्णय लिएको बुझिएको छ । डिसिएनले गरेको यो निर्णयबाट डिसिएनका केही सदस्यहरू भने मर्कामा परेको बताएका छन् । उनिहरुले आफु डिसिएनले चलचित्र पठाइदिन्छ भनेर बस्ने गरेको तर डिसिएनले बितरण नगर्ने भए पछि हलमा चलाउनका लागी चलचित्र खोज्न भौतारिनु परेको बताएका छन् ।

यता डिसियनका महाप्रबन्धक रहेका अशोक शर्माले भने आफू माथि लागेको आरोपलाई स्विकार्दैनन् । आफू माथी लागेको आरोप सत प्रतिशत झुठो रहेको भन्दै अशोक भन्छन्, 'अहिले डिसियनको हातमा २२ वटा चलचित्र रिलिज गर्न बाँकी छ । एक बर्ष सम्मका लागि चलचित्र रिलिज गर्न पुग्ने भएकाले केहि समयका लागी मात्र डिस्ट्रिव्युसन रोकेका हौं ।' निश्चित समयका लागि डिस्ट्रिव्युसन रोकेको बताउँदै अशोक थप्छन्, 'अहिले डिसियनमा पैसा पनि फ्रिज भएको छ जसले गर्दा डिस्ट्रिव्युसन रोक्नु परेको हो । तर हामी एक बर्ष पछि पुन: डिस्ट्रिव्युसन गर्छौं ।'