मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रोज राणाको जेल पछि ग्याङस्टार

बिष्णु सुबेदी, काठमाण्डौ, 2011/06/26

एउटै ब्यक्ति निर्माता, कलाकार, निर्देशक सबै बिधामा फिट हुन सक्छ ? पक्कै पनि यस्तो काम गार्‍हो नै हुन्छ । तर नेपाली चलचित्र क्षेत्रमा केहि यस्ता व्यक्ति पनि छन् जो निर्देशक, निर्माता तथा कलाकार सबै बिधामा पूर्ण छन् । कति त यहाँ नजानी नबुझी आफुले अभिनय गर्नका लागी पनि चलचित्र निर्माणमा हात हालेका छन् । त कतिले आफु अरुका चलचित्रमा बिक्न छोडे पछि आफैले चलचित्र निर्माण पनि गरेका छन् । तर निर्माता रोज राणाको सवालमा भने यि कुरा त्यति लागु भएनन् ।

 

निर्माता राणा सफल चलचित्र निर्माण गरिरहेकै बेला नायक भएर आए । झट्ट हेर्दा नायक जस्तै लाग्ने यि निर्माताले 'टक्कर दुई मुटुको', 'महान' लगायतका केही चलचित्रमा अभिनय गरिसकेका छन् । सफल चलचित्र निर्माता भनेर पहिचान बनाएका यि नायक चलचित्र 'टक्कर दुई मुटुको' बाट सफल नायक पनि दरिए । अर्थात यो चलचित्रलाई दर्शकले रुचाए । धेरैले भने रोज त नायक भएर आउनु पर्ने निर्माता भएर प्रबेश गरे । जे होस ढिलै भए पनि उनले चलचित्र 'टक्कर दुई मुटुको' बाट नै सफल नायकको पहिचान बनाए ।


नायक तथा निर्माता भएर चिनिएका राणाको परिचय थपिदै छ । उनि अब निर्देशकको रुपमा पनि चलचित्र क्षेत्रमा आफ्नो परिचय बनाउदै छन् । प्राय एक्सन चलचित्र बनाएका रोजले अभिनय भने लभ स्टोरी चलचित्रबाट नै प्रारम्भ गरे । उनले अब एक्सन प्रधान चलचित्र 'ग्याङस्टार' को निर्देशन गर्ने बताएका छन् । शहरमा कसरी ग्याङहरु जन्मन्छन् ? उनिहरुको क्रियाकलाप कस्तो हुन्छ ? प्रहरी अनि राजनीतिक दलसंग ग्याङस्टारहरुको सम्बन्ध कस्तो हुन्छ ? अनि ग्याङले शहरमा कस्तो दुख दिन्छ ? यि सबै यो चलचित्रमा समेटिने भएको छ । चलचित्रमा राजनीतिक दलले नै ग्याङको सुरुवात गर्ने र उनिहरुबाटै अन्त्य गर्न सकिने कुरालाई 'ग्याङस्टार' मा देखाउन खोजिएको छ ।


रोजले निर्देशन गर्ने यो चलचित्र मात्र हैन उनले आफैले भोगेको कथामा चलचित्र जेल बनाउने भएका छन् । जेलमा कस्तो ब्यवहार हुन्छ ? कैदि र जेलरको सम्बन्ध कस्तो हुन्छ ? कैदीले जेलमा के के गर्दछ ? लगायतका बिषयहरु समेटेर उनले चलचित्र जेल बनाउन लागेको बताए । मदन घिमिरेको निर्देशनमा बन्न लागेको यस चलचित्रलाई रोज राणाको 'जेल' भनिएको छ । मान्छेले सुनेको भन्दा धेरै गुण आफैले भोगेको कुरालाई चलचित्रमा जीवन्तता दिन सक्ने भन्दै उनले आफुले केही समय जेल जिवन भोगेका कारण यो चलचित्रमा जीवन्तता दिन सक्ने बताए ।

अहिले 'म छु नि तिम्रो' चलचित्रको डबिङ भै रहेको बताउने रोजले यो चलचित्र सके लगत्तै जेलको निर्माण गर्ने र त्यस पछि मात्र ग्याङस्टार बनाउने बताए । निर्माता हुँदै नायक भएर निर्देशक बन्न लागेका रोजलाई हाम्रो शुभकामना !