चलचित्र 'कहाँ भेटिएला' का जोडी नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्का मलेसिया जाँदैछन् । मलेसियामा हुन लागेको चलचित्र 'कहाँ भेटिएला' को बिशेष प्रदर्शनी कार्यक्रममा उनीहरू बुधबार साँझको बिमानबाट मलेसिया प्रस्थान गर्नेछन् ।
नेपाल म्युजिक सेन्टरले आयोजना गर्ने सो चलचित्रको बिशेष प्रदर्शनीमा श्रीकृष्ण र स्वेता दर्शकहरूसँगै बसेर चलचित्र हेर्नेछन् । सफल चलचित्रको यो सफल जोडीसँग बसेर दर्शकहरू चलचित्र हेर्न आतुर रहेको आयोजकले जनाएको छ । क्वालालम्पुर, जोहोर र पेनाङमा देखाउन थालिएको चलचित्रको व्यवस्थापन प्रचार प्रसार अत्यन्तै तिब्र गतिमा भईरहेको र जुलाई २ तारिखमा केएलसिसिमा देखाईने टिकट अग्रिम विक्रि भैसकेको आयोजकले जानकारी गराएको छ ।
जुलाई २ र ३ तारिखका दिन केएलसिसिमा, जुलाई ३ मै पेनाङमा र जुलाई १० तारिखका दिन जोहोरमा चलचित्र प्रदर्शन हुने र पेनाङमा चलचित्रको प्रदर्शनीसँगै कन्सर्ट पनि हुने र त्यसको निम्ति तयारी भैसकेको आयोजकले जनाएको छ । वलिउड र हलिउडको वर्चश्व रहेको मलेसियामा यस चलचित्रको प्रदर्शन पछाडि अन्य चलचित्रहरु पनि देखाउन सकिने र वजार पनि राम्रो हुन सक्ने आयोजकको भनाई छ ।