मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 3.00/5.00)
Text size:-
+
-

पैसा तिर्न नसकेपछि गाडी बन्धकी

फिल्मीखबर , काठमाण्डौ, 2011/06/28

चलचित्रकर्मीहरुले चलचित्र निर्माण गर्दा निर्माण अगावै आवश्यक पैसाको बन्दोबस्त गर्न नसक्दा बिचैमा सुटिङ रोकिएको, बसेका होटल तथा सुटिङ स्पटहरुको पैसा नतिर्दा ति ठाँउहरुमा सिंगो चलचित्र क्षेत्रको बदनाम भएको त सुन्दै आएका हौ । अझ कति होटलले त ब्यक्तिहरुको नाम सार्वजनिक गर्दै अब चलचित्रकर्मीलाई होटल नदिने र दिनै परे अग्रिम पैसा लिएर मात्र दिने बताएका छन् ।


यस्तै घटना फेरी एकपटक दोहोरिएको छ । यो नियति भोग्ने चलचित्र हो 'पार्टनर' । जय किशन बस्नेतको प्रस्तुती तथा मदनमान ताम्राकारको निर्माणमा एनबी महर्जनले निर्देशन गरेको यो चलचित्र केही दिन अघि छाँयाकनका लागी कुलेखानी गएको थियो । सुरुमा २ -३ दिनको लागी कुलेखानीमा पिकनिकको दृष्य छायाँकनका लागी गएको युनिट लोकेशन राम्रो भएको भन्दै अन्य दृष्य छायाँकनका लागी त्यहि बसेको थियो । असार १ गते कुलेखानी गएको सुटिङ युनिट ११ दिनको बर्साई पछि काठमाडौ फर्किएको थियो ।

 

त्रिकोणात्मक प्रेमकथामा आधारित यस चलचित्रले केही नयाँ लोकेशनमा सुन्दर दृष्यहरु त कैद गर्‍र्यो यो संगै एउटा नयाँ अनुभव पनि बटुल्यो । कुलेखानीका बिभिन्न होटलहरुमा आफ्नो युनिटका सदस्यहरुलाई राखेको 'पार्टनर' युनिटले अन्तत: होटललाई तिर्ने पैसा जुटाउन नसक्दा आफ्नै सुटिङको गाडी नै बन्धकी राखेर काठमाडौ फर्किन परेको छ । सुटिङको क्रममा लागेको खर्च तिर्न नसक्दा होटलले गाडीलाई बन्धकी राखेको बुझिएको छ । छायाँकन गरेर घर फर्कने बेलामा पैसा नभएपछि युनिटका एक व्यक्ति दुई घण्टा चाँडो काठमाण्डौ आएर पैसाको बन्दोबस्त गरेपछि मात्र युनिट काठमाण्डौ फर्केको र हरेकको हातमा ५०/१०० रूपिंया हातमा हालेर सबैलाई आ-आफ्नो घर पठाएको स्रोतले बताएको छ ।

 

यसको वास्तविकता बुझ्न चलचित्रका निर्देशक महर्जनलाई सम्पर्क गर्दा उनले गाडी बन्धकी राखेको कुरा सत्य नभएको तर पैसाको अभाव भएको कुरा भने सत्य रहेको बताए । निर्देशकले आफ्नो युनिटको इज्जत जोगाउन यस्तो प्रतिक्रिया दिएपनि अहिले गाडी र ड्राईभर कुलेखानीमा बसेको स्रोतको  भनाई छ । सत्य तितो नै हुन्छ । यसरी पैसा नै नभई चलचित्र निर्माण गरेर के को बहादुरी देखाउनु ?