मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मह जोडीलाई मदन भण्डारी राष्ट्रिय पुरस्कार

बिष्णु सुबेदी, काठमाण्डौ, 2011/06/28

समाजको ऐना मानिने चलचित्रमा अभिनय गर्ने कलाकारहरूले पनि समाज परिवर्तन गर्न सक्दछन् भन्ने मान्यतालाई स्थापित गराउनु पर्दछ भन्ने प्रसंगहरु उठिनै रहेका बेला मदन भण्डारी फाउन्डेसनले यो कुरालाई आत्मसाथ गर्दै नेकपा एमालेका तत्कालीन महासचिब मदन भण्डारीको ६० औ जन्मोत्सवको अवसरमा तीन दशकदेखि कलाकारिताको माध्यमबाट समाज परिवर्तनमा योगदान पुर्‍याएको ठहर गर्दै महजोडीलाई पुरस्कृत गरेको छ ।


राजनितीबाट समाज अनि राष्ट्र परिवर्तनका लागी लागिपरेका जननेता मदन भण्डारीको जन्मोत्सवको अवसरमा हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको 'मह’ जोडीलाई मदन भण्डारी राष्ट्रिय पुरस्कार अर्पण गरिएको छ । मदन भण्डारी राष्ट्रिय पुरस्कार कोषले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सो पुरस्कार मह जोडीलाई अर्पण गरेको हो । एक लाख रुपैयाँ राशि रहेको उक्त पुरस्कार एक बिशेष कार्यक्रममा राष्ट्रपति डा. रामबरण यादबले महजोडीलाई उक्त पुरस्कार अर्पण गरे ।  कार्यक्रमा प्रधानमन्त्री झलनाथ खनाल, सभामुख सुवासचन्द्र नेम्वाङ, मदन भण्डारी फाउन्डेसनकी संरक्षक विद्यादेवी भण्डारीलगायतका विशिष्ट व्यक्तिहरु सहभागी थिए ।


हरेक बर्ष मानव अधिकार र लोकतन्त्र स्थापनामा उल्लेख्य योगदान पुर्‍याउने, द्वन्द्व व्यवस्थापन र दिगो शान्तिको स्थापनामा महत्वपूर्ण भूमिका खेल्ने, सामाजिक न्याय, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय एकता र अखण्डतालाई सबल बनाउन योगदान दिने ब्यक्तिलाई उक्त पुरस्कार दिने कार्यक्रममा जानकारी दिईयो । पुरस्कार बुहदलीय जनवादका प्रतिपादक एमालेका तत्कालिन महासचिव मदन भण्डारीले समाजको शान्तिपूर्ण रुपान्तरणमा दिएको योगदानको सम्मान र स्मरणमा स्थापना गरिएको हो ।