कलाकार आर पि पन्तले चरित्र कलाकारहरु नायक नायिका जस्तै चर्चामा आउन नसक्ने बताएका छन् । केही चलचित्रलाई छोडेर कुरा गर्ने हो भने चलचित्र अबधि भर ज्यादै छोटो समय मात्रै चरित्र कलाकारहरु पर्दामा देखिने हुँदा उनिहरु प्रमुख कलाकारको तुलनामा कम मात्रै चर्चामा आउने गर्दछन् ।
एक त चलचित्रको कथा मुख्य भुमिकामा काम गर्ने कलाकारहरु माथि घुम्छ अर्थात ति कलाकारले चलचित्रको कथा अनुसारको पात्र भएर कथालाई अगाडी बढाउँछन् । त्यसैले उनिहरु नै चलचित्रको प्रमुख आर्कषण हुने गर्दछन् । यसरी कथालाई काँधमा हालेर अगाडी बढ्ने कलाकारहलाई सघाउन मात्रै प्रयोग गरिने अर्थात कथालाई अगाढी बढाउने क्रममा सहयोगी भएर देखिने चरित्र अभिनेताहरु केही आझेलामा पर्नु स्वभाविक भएको पन्तको भनाई छ । चलचित्रको प्रसार प्रसारका लागी पनि मुख्य कलाकारकै प्रयोग गरिने, पोष्टर, पम्पलेटमा पनि उनिहरुकै अनुहार प्रयोग गरिने, सञ्चार माध्यमले पनि उनिहरुकै नाम उल्लेख गर्ने हुँदा उनिहरु चर्चामा आउनुका अगाडी प्रसार पनि अर्को माध्यम बनेको छ ।
चलचित्रमा २-४ सिनमा मात्र पनि अभिनय गर्नु पर्ने बाध्यता चरित्र अभिनेताहरुको भएको बताउदै पन्तले चरित्र अभिनेताहरुको पारिश्रमिक पनि आपसी समझदारीमा नै तय हुने बताएका छन् । चलचित्रमा कति दृष्य रहन्छ, छायाँकनका लागी कती समय दिनु पर्ने हो यसका आधारमा पारीश्रमीक तय हुने गरेको बताउदै उनले कलाकारहरुको क्याटगरी छुट्टाएर पारिश्रमीक पनि तय हुने पर्ने बताएका छन् । आफुलाई २-४ सिनको लागी मात्र पनि अफर आउने गरेको बताउदै पन्तले आफुले पनि त्यस्तो अफरसंगै आपसी समझदारीमा पारिश्रमीक लिने गरेको बताए ।