मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नायिकाहरूको हिलो खेल्ने रहर

बिष्णु सुबेदी, काठमाण्डौ, 2011/06/29

आज असार १५ गते दहि चिउरा खाने दिन । योसँगै आठौं राष्ट्रिय धान दिवस पनि आज मनाईंदैछ । किसानहरु आज धान रोपाईंमा ब्यस्त छन् । तर असार १५ ले कुनै प्रभाव पारेको छैन चलचित्रकर्मीहरुलाई ।

कृषि प्रधान मुलुक नेपालको मुख्य कृषि बालीका रुपमा रहेको धान दिवसका अवसरमा आज बाजागाजाका साथ रोपाईंको सुरुवात गरी हिलो खेल्ने, असारे गीत गाउने तथा नाचगान गरी रमाइलो गर्ने चलन छ । किसानहरु आज धान रोप्न, हिलो खेल्न तथा नाच्न गाउन मस्त भए पनि प्राय नायिकाहरुले आफूलाई असार १५ को अनुभव नभएको बताए ।  तर उनीहरूलाई आजको दिन खानु पर्छ भन्ने कुराको ज्ञान रहेछ ।


नायिकाहरुकै भिडमा आफुलाई चलचित्र क्षेत्रमा स्थापित गराउन लागि परेकी नायिका सुष्मा कार्की मात्र आज हिलो खेलिन् । थैव गाविसमा आयोजना गरिएको रोपाइँ महोत्सव र सामुदायिक दही चिउरा खाने कार्यक्रममा हिलाम्य गराहरुमा हिलो खेल्दै गरेकी यि नायिका असार १५ नेपालीहरुको प्रमुख चाड भएकाले यो चाडको महत्व जोगाई राख्नका लागी पनि आफु हिलो खेल्न आएको बताएकी छन् । बर्दिया जिल्लाको ग्रामिण भेगमा हुर्केकी यि नायिकाले आफुलाई धान रोप्न आउने बताउदै बर्दियामा रहँदा पनि धान रोप्ने र हिलो खेल्ने गरेको स्मरण गरिन् । सानोमा अत्याधिक हिलो खेल्ने गरेको स्मरण गर्दै उनले मानो खाएर मुरी उब्जाउने बेला भएकोले सबै किसानलाई असारे १५ को शुभकामना समेत दिन भ्याइन् ।


यता लम्जुङमा जन्मेर पनि काठमाण्डौमा हुर्केकी नायिका निशा अधिकारीले आफुले अहिले सम्म धान नरोपेको बताएकी छन् । उनले आफु सानोमा लम्जुङमा रहेकी हजुरआमालाई भेट्न जाँदा कहिले काहिं हिलो खेल्ने गरेको बताईन् ।  ५-६ बर्षको उमेरमा हिलो खेल्दाको क्षण अहिले सम्म बिर्सन नसकेकी यि नायिकाले आज हिलो खेल्न नपाए पनि हिलो खेल्न मन लागेको तर नपाएको दुखेसो पोखिन् ।  यि नायिकाले अहिले पनि अधिकांश स्थानहरुमा आकाशे पानीको भरमा खेती गर्नु पर्ने बाध्यता भएकोले सिंचाइको ब्यवस्था गरी किसानलाई राहत पुग्ने काम गर्न सरकारसँग माग गरेकी छन् ।

यस्तै दाङमा हुर्केर चलचित्रमा बामे र्सर्दै गरेकी नायिका सुमिना घिमिरे आज आफ्नै चलचित्र 'किन मायामा' हेर्न कंलकी सिनेमा घरमा पुगेको बताउदै हिलो खेल्न नगएको जानकारी दिइन् । हिलो त बच्चाले खेल्ने हो भन्दै उनले आफु ठुलो भै सकेकोले हिलो खेल्न नगएको बताईन् । काठमाण्डौमा नै हुर्केकी अर्की नायिका अरुणिमा लम्साल भने आज पारिवारिक काममा नै व्यस्त भईन् । मंसिरमा आमा बन्न लागेकी यि नायिकाको नन्दको आज इंगेजमेण्ट भएका कारण उनि आज घरमा ब्यस्त भएकी हुन् । अहिलेसम्म धान नरोपेको बताउने यि नायिकाले धान रोप्न नआउने बताउदै हिलोमा खेल्न मन भएर पनि खेल्न नपाएको बताईन् ।