नेपाली चलचित्रको बजार धरासायी अवस्थामा गुज्रिरहेका बेला अनलाईन पाईरेसीले यसलाई अझ थप धरासायी बनाएको कुरालाई नकार्न सकिंदैन । त्यसैले नेपाली चलचित्रको बर्तमान अवस्थालाई मध्यनजर गर्दै नेपाल चलचित्र निर्माता संघले अनलाईन फिल्म पाईरेसी रोकथाम समिती गठन गरेको छ ।
संघको शुक्रबार बसेको बैठकले पछिल्लो समयमा बिभिन्न वेभ साईटहरूले अनाधिकृत रूपमा नेपाली चलचित्रहरू अपलोड गरी आफ्ना वेभ साईटहरूमा राखेकोले त्यसको रोकथामको लागी समिती गठन गरेको हो । अनलाईन फिल्म पाईरेसी रोकथाम गर्न गठित रोकथाम समितीको संयोजकमा निर्माता निर्देशक आकाश अधिकारी र सह संयोजकमा सञ्चारकर्मी तथा निर्देशक सुरेश दर्पण पोखरेल रहेका छन् । यि दुई चलचित्रकर्मीको संयोजकत्वमा गठित समितीले अनाधिकृत रूपमा नेपाली चलचित्रहरू अपलोड गर्ने वेभ साईटहरूलाई यस्तो कार्यका लागि रोकथाम लगाउने छ । यदि ति वेभ साईटहरूले फिल्म पाईरेसी नरोकेमा कारवाहीको कदम चाल्ने संघको भनाई छ ।
प्रस्तुत निर्णयसँगै संघले आफ्नो एघारौं बार्षिक साधारण सभा आगामी भाद्र ३ गते गर्ने निर्णय गरेको छ । यस्तै संघले साधारण सभा समारोह समितीको संयोजकमा जय प्रकाश रिजाल, पुरस्कार तथा सम्मान तयारी समितीमा सुरेश दर्पण पोखरेल, स्मारिका प्रकाशन समितीको संयोजकमा निलहरी काफ्ले र संघको बिधान संसोधन तयारी समितीको संयोजकमा सुनिल मानन्धरलाई नियुक्त गरेको छ ।