मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बोर्डले मनायो ११ औ बार्षिकोत्सव

फिल्मीखबर, काठमाण्डौ, 2011/07/02

चलचित्र बिकाश बोर्डले आफ्नो ११ औ बार्षिकोत्सव मनाएको छ । शुक्रबार साँझ एक बिशेष कार्यक्रमको आयोजना गरी बोर्डले आफ्नो बार्षिकोत्सव मनाएको हो ।

सूचना तथा सञ्चार मन्त्री अग्नी प्रसाद सापकोटाको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा चलचित्रकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री अग्नी प्रसाद सापकोटा, सूचना तथा सञ्चार मन्त्रालयका सचिब श्रीधर गौतम लगायत चलचित्र क्षेत्रसंग सम्बन्धीत बिभिन्न २० वटा संस्थाका प्रतिनिधिहरुले बोर्डलाई शुभकामना प्रदान गरेका थिए । शुभकामना मन्तब्य राख्ने क्रममा चलचित्रकर्मीहरुले बोर्डलाई स्वयतत्ता प्रदान गर्नु पर्ने कुरामा जोड दिएका थिए ।


बोर्डलाई स्वायत्तता प्रदान गरीनु पर्ने माग सहित २० वटा सस्थाका प्रमुखहरुले हस्ताक्षर गरी सञ्चार मन्त्रीलाई एउटा ज्ञापन पत्र समेत बुझाइएको छ । ज्ञापन पत्र बुझाएपछि बोल्ने अधिकाशं चलचित्रकर्मीहरुले बोर्डलाई स्वायत्तता प्रदान गरी इतिहास रच्न सञ्चार मन्त्रीलाई आग्रह गरेका थिए । कती चलचित्रकर्मीले त बोर्डलाई स्वायत्तता प्रदान नगरीए केही समय पछि सिंहदरबार घेर्ने चेताबनी समेत दिएका थिए ।


कार्यक्रममा बोर्डका अध्यक्ष गणेश भण्डारीले आफुले नेतृत्व गरेपछिको कामको प्रगती बिवरण समेत सुनाएका थिए । उक्त अवसरमा उनले नेपाली चलचित्रहरु बिदेशि चलचित्रबाट प्रभावित भएको भन्दै मौलीक कथा वस्तुमा चलचित्र निर्माण गर्न नसकीएको बताएका छन् । बिसं २०५७ असार १६ गते स्थापना भएको बोर्डले त्यसपछि अहिले सम्म नेपाली चलचित्र क्षेत्रको बिकाशमा पुर्‍याएको योगदान र गरेका कामको बिवरण समेत प्रस्तुत गरीएको थियो ।

 

बोर्ड स्थापना भए यता ६ सय ४६ सेल्युलाइट, ३ सय ८९ भिडियो चलचित्र र १ सय ३३ डिजिटल प्रबिधिमा चलचित्र निर्माणको इजाजत प्रदान गरीएको तथ्याङ समेत र्सार्वजनीक गरीएको थियो । कार्यक्रमलाई रोचक बनाउन चलचित्र क्षेत्रका बिभिन्न ब्यक्तित्वहरुले नाच गान समेत गरेका थिए ।