मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र र हलको बर्गीकरण अन्तिम चरणमा

बिष्णु सुबेदी, काठमाण्डौ, 2011/07/02

गुणस्तरिय चलचित्र निर्माणका लागि भन्दै चलचित्र र चलचित्रको बर्गीकरणका लागि गठन गरिएको समिती निर्णयको अन्तिम घडिमा पुगेको छ । समितीले चलचित्र र चलचित्रहलको बर्गीकरण A+, A, B र C गरी चार तहमा बिभाजन गरेको छ । जस अनुसार A+ श्रेणीमा पर्नका लागि चलचित्र 35mm प्रबिधिमा खिचिएको हुनु पर्नेछ । यस्तै A+ हलका लागि 2K प्रोजेक्शन सिष्टम, हलमा लक्जरी फोल्डीङ सिट, एसी जडान गरीएको लगायत चलचित्र ऐनले ब्यवस्था गरेका सम्पूर्ण सुबिधाहरु हुनु पर्नेछ ।

यस्तै A श्रेणीमा पर्नका लागी चलचित्रहरु 16mmsuper 16mm प्रबिधिका साथै 2K4K क्यामराले खिचिएका चलचित्रहरु पर्नेछन् । भने A श्रेणीमा पर्नका लागी हलहरुले कम्तीमा पनि ७५०० को Lumens प्रोजेक्सन सिष्टम राखेको हुनु पर्नेछ । यी हलहरुले ३ वर्ष भित्रमा 2K प्रोजेक्सन सिष्टम नराखेमा यि हलहरु स्वत B श्रेणीमा जानेछन् भने लक्जरी सिट सहित महानगरपालिका भित्र भए कुलर, उप-महानगरपालिका भित्रका हलहरुले एसी अनि नगरपालिका र गाबिस भित्रका हलहरुले फ्यानहरु जडान गरेको लगायत चलचित्र ऐनले ब्यवस्था गरेका सम्पूर्ण सुबिधाहरु हुनु पर्नेछ ।


यता B श्रेणीमा EX3, HD प्रबिधिमा खिचिएका चलचित्रहरु पर्नेछन् । भने ३ वर्षपछि यो प्रबिधिका चलचित्रलाई भिडियो चलचित्र मानिने छ । यस्तै B श्रेणीमा पर्नका लागी चलचित्र हलहरुले कम्तीमा पनि ६ हजार भन्दा बढीको 35mm प्रोजेक्सन सिष्टम राखेकै हुनु पर्नेछ भने चलचित्र ऐनले ब्यवस्था गरेका सम्पूर्ण सुबिधाहरु हुनु पर्नेछ । यस्तै C श्रेणीका चलचित्रहरु भने भिडियो चलचित्रहरु रहेका छन् । माथी उल्लेखित सेवा सुबिधा दिन नसक्ने चलचित्र हलहरु स्वत C श्रेणीमा पर्नेछन् । C श्रेणीका चलचित्रहरु अन्य श्रेण्रीका हलहरुमा चल्न पाउने छैनन् ।


यता B श्रेणीका चलचित्रहरु आगामी ३ वर्षसम्म A श्रेणीका हलहरुमा चल्न पाउने छन् । यसरी एउटै श्रेणीका चलचित्र उहि श्रेणीको हलमा चल्दा ५०-५० शेयर बाँडिने छ भने A श्रेणीका चलचित्र B श्रेणीका चलचित्र हलहरुमा चल्दा चलचित्रले ६० र हलले ४० प्रतिशत शेयर पाउने छन् । यता B श्रेणीका चलचित्र A श्रेणीका हलमा चल्दा हल वालाले ६० र चलचित्रले ४० प्रतिशत शेयर पाउने छन् ।

चलचित्र विकास बोर्डले गठन गरेको समितीले माथि उल्लेख गरीए झै बर्गीकरण गरेको र यसको निर्णय भने आइतबार सम्म हुने बोर्डका प्रबत्ता बिजय बस्नेतले जानकारी दिएका छन् ।