मोते फिल्म्सको ब्यानरमा निर्माण भैरहेको चलचित्र 'द फ्यूचर अफ नेसन' को यतिबेला पूर्वको विभिन्न स्थानहरुमा छायाँकन भैरहेको छ । गोविन्द मोतेको लगानीमा निर्माण भैरहेको चलचित्रमा बासुदेव पौडेलको निर्देशन रहेको छ । चलचित्रको छायाँकन पनि निर्देशक पौडेल आफैले गरिरहेका छन् ।
सम्पूर्ण छायाँकन नै पूर्वमा गर्ने भनिएको सो चलचित्रमा अभिनय गर्ने कलाकार सबै पूर्वका नै रहेका छन् । चलचित्रमा सुबाश खरेल, लक्ष्मी बोहोरा, दिपेश गौतम, संदेश मोते, श्वेता नेपाल लगायतका कलाकारको अभिनय रहेको छ । झन्डै नब्बे प्रतिशत छायाँकन सकिसकेको चलचित्रको गीतहरुको मात्रै छायाँकन गर्न बाँकी रहेको जानकारी निर्देशक पौडेलले गराए । पथरी, शनिस्चरे, दमकका विभिन्न क्षेत्रहरुमा खिचिएको चलचित्रको गीतलाई भने इलामको रमणिय स्थानहरुमा छायाँकन गरिनेछ ।
अंग्रेजी भाषामा नाम राखिएपनि चलचित्रले देश भित्र घटिरहेको जल्दोबल्दो बिषयलाइ उठान गरेको निर्देशक पौडेलको दावी छ । अहिलेका बालबालिका र युवायुवतीको देशप्रतिको सोचाइलाई चलचित्र मार्फत उजागर गर्ने प्रयास गरेको पौडेल बताउँछन् । अशोक थापाको संगीत रहेको चलचित्र फाल्गुनबाट दर्शक माझ पुग्नेछ ।