मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

डान्स क्लास छुटाउँदिन : नायिका शुष्मा कार्की

संजय सौगात, बुटवल, 2011/07/05

म प्राय बिहान साढे ६ बजेको समयमा उठिसक्छु । उठेर हातमुख धुन्छु अनि एकैछिनमा फ्रेस हुन्छु । फ्रेस भइसकेपछि ब्ल्याक टी लिन्छु । म मिल्क टि खादिंन । त्यस्तै मैले व्रेकफास्ट पनि लिन्न । ब्रेक फास्ट भन्दा म खाना मै जोड दिन्छु ।

 व्ल्याक टी लिइसकेपछि एकैछिन रेष्ट गर्छु र त्यही समयमा पत्रपत्रिका पनि हेर्छु । मन लाग्यो भने एकैछिन  इमेल इन्टरनेटमा वस्छु । रिप्लाई गर्नुपर्ने मेलहरू भए रिप्लाई गर्छु अनि फेसबुकमा अपडेट हुन छुटाउँदिन । त्यसपछि  आठ बजेपछि म डान्स क्लवतिर लाग्छु । प्राय मैले डान्स क्लास छुटाउँदिन । डान्स क्लास  मेरो दैनिक नछुट्ने क्रियाकलाप हो भन्दा पनि हुन्छ । डान्स क्लासबाट १० बजेतिर घरमा फर्किन्छु । घरमा आउँदा खाना तयार भएको हुन्छ ।  काठमाण्डौमा हामी डिल्ली बजारमा बस्छौ । हामी वुवा, मम्मी भाइ लगायत पाँच जनाको परिवार यहाँ वस्छौ । करिव एघार बजेतिर परिवारसँगै बसेर खाना खान्छु । खानामा म चुजी छैंन मलाई साधारण खाना नै मन पर्छ ।


खाना खाएपछि एकै छिन रेस्ट गरेपछि फेरी भोकल क्लास लिन जान्छु । भोकल क्लास पनि म प्राय छुटाउँदिन । भोकल क्लास पनि मेरो दैनिक नछुट्ने क्रियाकलाप भित्रै पर्छ । भोकल क्लासमा करिव डेढ दुई घण्टा समय बिताउँछु । भोकल क्लासबाट म साढे बार्‍ह/एक बजेतिर र्फकन्छु । त्यसपछि मेरो आगामी प्रोजेक्टहरुको प्रोमोशनको लागि समय दिन्छु । अहिले  'के यो माया हो' चलचित्रको प्रोमोशनको लागि व्यस्त छु ।  यो चलचित्र साउन २० गते रिलिज हुंदैछ । त्यसैले यसको प्रोमोशनमा अहिले भ्याइनभ्याई छ । दिउँसोमा यसै चलचित्रको प्रोमोसनको लागि जान्छु । दिनभरी नै त्यतै तिर भुल्छु ।


अर्को प्रोजेक्ट  'नेपाल एक्सप्रेस' पनि रिलिजको मिति कुरिरहेको यसलाई पनि समय दिंदैछु । आजकाल प्राय म दिउँसोमा मुभीहरुकै प्रोमोसनमा व्यस्त छु । साझ  करिव साढे पांच/छ बजेको समयमा म घरमा र्फकन्छु । त्यसपछि फेरी जिम हाउस जान्छु । जिम हाउसमा पनि करिव एक डेढ घण्टा बिताउँछु । जिम हाउसबाट साढे सात/ बजेतिर घर फर्किन्छु ।

 

घरमा फर्किएर केहि बेर रेष्ट गर्छु अनि टिभी हेर्छु । टिभीमा म प्राय तराइ टेलिभिजन, टिभी फिल्मी, इमेज च्यानलहरु हेर्छु साथै कलर्स टेलिभिजन पनि उत्तिकै हेर्छु । टिभी हेर्दा हेर्दै रातिको नौ/दश बज्छ ।  नौ दश बजेतिर सबै परिवार बसेर खाना खान्छौ  । खाना खाएपछि फेरी टिभी तथा फिल्महरू हेर्छु । फिल्महरुमा म नेपाली, हिन्दी, अंग्रेजी सबै मिलाएर हेर्छु । फिल्म हेरिसकेपछि म करिव साढे बाह्र /एक बजेतिर सुत्छु ।