अहिले नेपाली चलचित्रले एक सातामा कति व्यापार गर्छ भन्ने सहि तथ्याङ्क आउन नसकेको अवस्था छ । त्यति मात्र हैन चलचित्रका निर्माताहरूले पनि आफ्नो चलचित्रले राम्रो व्यापार नगरेको अवस्थामा पनि व्यापार राम्रो भएको दाबी गर्दै आईरहेका छन् भने हलवालाहरूले व्यापारको सहि तथ्याङक दिन मानिरहेका छैनन् । यिनै बिषयलाई लिएर नेपाल चलचित्र निर्माता संघले बक्स अफिसको अवधारणा पत्र चलचित्र बिकास बोर्डलाई बुझाएको छ ।
निर्माताहरूले आफ्नो चलचित्रले पाँच लाखको व्यापार गर्दा २५ लाखको व्यापार गरेको दाबी गर्दै हिड्ने गरेको र हलवालाहरूले महिनौं सम्म पनि निर्मातालाई पैसा नबुझाउने गरेको यथार्थता रहेकोले ति समस्याको समाधानका लागी संघले यस्तो कदम चालेको अध्यक्ष राजकुमार राईले फिल्मीखबरलाई जानकारी दिए । उनले भने, 'यदि हामीले गरेको निर्णयलाई विकास बोर्डले सकारात्मक रूपमा लियो भने भोलीका दिनमा कोही निर्माता ठगिदैनन् र बक्स अफिसको सहि तथ्याङ्क पनि आउँछ ।'
बोर्डका अध्यक्ष गणेश भण्डारीका अनुसार बक्स अफिस स्थापनाको प्रसंग बारे अहिले सम्बन्धित निकायहरुसँग छलपफल जारी छ । उनले नेपालमा पनि बक्स अफिसको अवश्यकता भै सकेको र चलचित्रको वास्तविक व्यापार थाहा पाउनका लागी पनि बक्स अफिस जरुरी देखिएको बताए । यस्तै निर्माताले आफ्नो लगानीको प्रतिफल सहि रुपमा पाउन सक्नुका साथै चलचित्र व्यापार ब्यवसाय पारदर्शी भई राज्ले पनि राजश्व, कर सहि रुपमा पाउने उनको भनाई छ ।
राज्यलाई कर तिरेर चलचित्रकर्मीको समेत प्रतिष्ठा बढ्ने भन्दै अध्यक्ष भण्डारीले हरेक चलचित्रहलमा टिकेटिङको ब्यवस्था गरी र्सवर बोर्डमा राखिने बताए । यसबाट चलचित्रले कुन शोमा कती व्यापार गरेको छ भन्ने कुरा पारदर्शि हुने उनको भनाई छ ।