मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

च्यालेञ्जको रेड कार्पेट प्रिमियर

फिल्मीखबर, वासिङटन डिसी, 2011/07/05

भ्वाइस इन्टरटेन्मेन्टको व्यानरमा नायक रेश मरहठ्ठा र एनआरएन माधब ढकालको संयुक्त लगानीमा निर्माण गरिएको चलचित्र 'च्यालेञ्ज' लाई अमेरिकाको वासिङटन डिसीमा रेड कार्पेट प्रिमियर गरियो । अमेरिकन नेप्लीज एसोसिएशन (एएनए) को २९ औं वृहत सभा कार्यक्रममा सो चलचित्रको रेड कार्पेट प्रिमियर गरिएको हो ।

 

जुलाई ३ तारिखका दिन राती लिङ्कन हलमा सयौं नेपालीहरू माझ गरिएको प्रिमियरमा चलचित्रका नायक रेश मरहठ्ठा, नायिका खुस्बु न्यौपाने, निर्माता माधब ढकालको साथमा कलाकारहरू गौरी मल्ल, प्रेमराजा महत, सरोज खनाल लगायतको उपस्थिती रहेको थियो । चलचित्र हेरिसके पछि उपस्थित दर्शकहरूले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएका थिए भने रेशलाई बधाईको ओईरो लागेको थियो । आफ्नो पहिलो चलचित्र हेर्न निकै आतुर रहेकी नायिका खुस्बु न्यौपाने आफ्नो अभिनय हेरेर आँफै दंगिएकी थिईन् । उनको अभिनयको प्रशंसा गर्नेको पनि कमि थिएन ।

 

उक्त कार्यक्रममा च्यालेञ्जको दुई शो गरेको र दुबै शो हाउसफुल भएपछिउक्त कार्यक्रममा च्यालेञ्जको दुई शो गर्दा उक्त कार्यक्रममा च्यालेञ्जको दुई शो नायक रेश मरहठ्ठा हौसिएका छन् । च्यालेञ्जको प्रिमियर मात्र गर्ने योजनामा अमेरिका पुगेका रेशले राम्रो प्रतिक्रिया पाएपछि अन्य शहरमा पनि चलचित्र को बिशेष शो गर्ने योजना बनाएका छन् । यसका साथै रेशले चलचित्र राम्रो बनाउन सहयोग गर्ने सबैजनालाई यसै फिल्मीखबरको माध्यमबाट धन्यवाद समेत दिए । उनले भने, 'म जीवनमा यति धेरै खुसी भएको दिन नै आज होला । यो खुसी प्रदान गर्नुहुने च्यालेञ्ज टिमलाई हृदय देखिनै धन्यवाद दिन चाहन्छु ।'

 

अमेरिका साथै स्वदेशका विभिन्न रमणीय स्थानमा छायाँकन गरिएको चलचित्र च्यालेन्जमा १ सय ५० बर्ष अघि नालापानी युद्धमा नेपाली सैनिकको गोप्य दस्तावेज बेलायती सेनाले लगेको बिषयलाई रोचकताको साथ प्रस्तुत गरिएको छ । श्याम भट्टराईले निर्देशन गरेको यस चलचित्रमा रेश मरहठ्ठा, आयुष रिजाल, रेखा थापा र खुस्बु न्यौपानेको साथमा करिब १८ जना बिदेशी नागरिकले अभिनय गरेका छन् । चलचित्र च्यालेन्ज नेपालमा प्रदर्शन हुन भने केहि महिना लाग्ने रेशले बताए ।