मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

देली बेली प्रदर्शनमा फुकुवा, छुट पाउने परम्पराको थालनी

बिष्णु सुबेदी, काठमाण्डौ, 2011/07/05

दोषीलाई कारबाही गरेर अरुलाई त्यस्तो गलत काम गर्न सतर्क गराउनु त कहाँ हो कहाँ अझै दोषीलाई माफी दिने सेन्सर बोर्ड माथि प्रश्न चिन्ह खडा भएको छ । कुरा हिन्दी चलचित्र देली बेलीको हो । सेन्सर बोर्डले कैची लगाएका दृष्यहरुमा कैची नचलाई चलचित्र चलाएको भन्दै चलचित्र देली बेलीको प्रदर्शन गर्ने प्रदर्शक र बितरकलाई बोर्डले माफी दिएको छ ।
 

सेन्सर बोर्डले कैची लगाएका दृष्यहरुमा कैची नचलाई चलचित्र चलाएको भन्दै आइतबार चलचित्रको हार्ड डिक्स जफत गरीएको थियो । तर सेन्सर बोर्डले हार्ड डिक्स जफत गरे पछि पनि सेन्सरले काट्न भनेका दृष्य र संवादलाई काटेर चलचित्र चल्न दिईने भएको छ । काठमाडौका प्रमुख जिल्ला अधिकारी र सञ्चार मन्त्रालयका सचिबद्धयले दोषीलाई कानुन अनुसार कारबाही गर्ने प्रतिबद्धता जनाएकै भोली पल्ट अर्थात आज सेन्सर बोर्डले बितरक र प्रदर्शक संग छलफल गरेर चलचित्र चल्न दिने निर्णय गरेको हो । आगामी दिनमा यस्तो गल्ती नगर्ने भन्दै प्रदर्शक र बितरकलाई बोर्डले माफी दिएको हो ।

 

बोर्डका सदस्य चेतन सापकोटाका अनुसार बितरकले लाखौ मुल्य तिरेर चलचित्र किनेको र यस पटक गल्ती भएको स्विकार गर्दै अब पुनः यस्तो गल्ती नदोहोर्‍याउने लिखित प्रतिबद्धता जनाएका कारण सर्सत माफि दिइएको हो । र्सत पत्रमा अब कहि कतै पनि चलचित्र देली बेली चलाउदा सेन्सरले कैची लगाएका दृष्यहरु हृटाउने र नहटाएको भेटीएमा कानुनले तोके बमोजीम एक वर्ष जेल बस्न र ५ हजार जरिबाना तिर्न तयार बितरक भएको उल्लेख छ । यसरी सेन्सर बोर्डले चलचित्र देलि बेलीलाई माफी दिने निर्णय गरे पछि चलचित्रले नेपाली समाजमा पारेको प्रभावको जिम्मेबारी कसले लिने भन्ने प्रश्न प्रश्नकै रुपमा सिमित छ ।

 

एकातिर चलचित्र चल्न पाउनु पर्छ अनि अर्का तिर सेन्सर बोर्डको निर्णय अबज्ञा गर्ने लाई कारबाही हुनु पर्दछ भन्ने प्रसङ्ग चलिरहेका बेला आज सेन्सर बोर्डले चलचित्र बितरक र प्रदर्शकहरु संग छलफल गर्दै चलचित्रलाई र्सार्वजनीक प्रदर्शनमा लगाएको रोक फुकुवा गर्ने सेन्सर बोर्डले सजाय दिन छाडेर माफी दिंदा भोलीका दिनमा यस्ता गल्ती गर्नेलाई प्रोत्साहन दिएको सजिलै बुझिन्छ । अर्को तर्फ चलचित्रकर्मीले आफ्नो चलचित्र सेन्सर बिना नै देखाएर केही दिन पछि सेन्सर बोर्डमा गएर माफि मागे पनि छुट पाउने परम्पराको थालनी भएको छ । यसैले यो घटनाले बुढी मरी भन्दा पनि काल पल्क्यो भने जस्तै नहोला भन्न सकिन्न । हैन र ?