जुलाई ६ बिश्व चुम्बन दिवस । नियमित चुम्बन गर्ने ब्यक्ति आम ब्यक्तिको तुलनामा ५ वर्ष बढी बाँच्छ भन्ने तथ्य सार्वजनिक भै सकेको छ । त्यसो त चुम्बन गर्दा अनुहारका ३० मांसपेसी एकसाथ सक्रिय हुने भएकोले हत्तपत्त अनुहार चाउरी नपर्ने पनि जनाइन्छ । चुम्बनले रक्तसञ्चार सन्तुलित रहने, छालाको चमक बढ्ने, मुटुको रोग लाग्ने सम्भावना न्यून गर्नुका साथै कोलेस्ट्रोल कम हुने, रक्तचाप सामान्य बनाउने, पेट, मुत्राशय र रगत सम्बन्धी सक्रमण हुने सम्भावनालाई कम गर्ने गर्दछ ।
बिश्वभर चुम्वन दिवस मनाइ रहँदा हाम्रा नायिकाहरु भने चुम्बन गर्नबाट बञ्चित भएका रहेछन् । नायिका निशा अधिकारीलाई जुलाई ६ चुम्बन दिवस भन्ने नै थाहा रहेनछ । आफुले अभिनय गरेको अहिले सम्मको पछिल्लो चलचित्र पलको पोखरा र दमौलीमा भएको पत्रकार सम्मेलनमा पुग्दा नै उनको दिन बितेछ । पोखराबाट टेलीफोनमा कुराकानी गर्दै निशाले चुम्बन माया दर्शाउने शारिरिक माध्यम भएको बताईन् । आफु ठुलो हुन्जेल पनि घर परिबारका सबै सदस्यसंग गुडनाइट किस लिने दिने गरेको बताउदै उनले आफुले पहिलो चुम्बन ममीलाई गरेको बताईन् । चलचित्र फस्ट लभमा नायक कर्मा र चलचित्र पलमा नायक राज बल्लभलाई चुम्बन गरेकी यि नायिकाले साथिहरुसंग नियमित रुपमा नै चुम्बन हुने गरेको बताईन् । चुम्बनलाई पाश्चात्य संस्कृतिको प्रभाव मान्ने नायिका निशाले बिदेशमा बिवाहको अवसरमा घर परिबारकै बिचमा युगल जोडीले चुम्बन गर्ने परम्परा रहे पनि स्वदेशमा भने त्यस्तो नपच्ने बताएकी छन् ।
किस गर्न निकै माहिर मानिने नायिका शुष्मा कार्कीलाई पनि जुलाई ६ चुम्बन दिवस भएको ज्ञान रहेनछ । बिहानैबाट आफ्ना प्रेमी निर्देशक सुदर्शन थापाले झगडा गरेर नबोली बसेको बताउदै उनले आज कसैलाई पनि चुम्बन नगरेको बताईन् । चलचित्र ब्याच नं १६ मा हट किस सिन दिएकी यि नायिकाले आत्मीयताका बिचमा चुम्बन हुने बताईन् । पहिलो चुम्बन कहिले र कस्लाई गर्नु भएको थियो भन्ने प्रश्नमा उनले सानो छदा स्कुलका साथिहरु बिच हुने गरेको बताए पनि आफुले चुम्बनको बारेमा जानेर गरेको चुम्बन भने डाइरेक्टर सापलाई नै रहेछ । चलचित्र 'मेरो एउटा साथि छ' मा काम गर्ने बेलामा चुम्बन गरेको बताउने यि नायिकाले चुम्बनले माया बढाउछ भन्ने मान्यता रहे पनि आफु त्यसमा अनबिज्ञ रहेको बताईन् । पर्दामा पात्रले अनि पर्दा बाहीर ब्यक्तिले किस गर्ने भन्दै उनले पर्दा र बाहीरको चुम्बनमा धेरै अन्तर रहेको जनाएकी छन् ।
थुप्रै चलचित्रमा किस सिन दिएर चर्चामा आएकी नायिका अरूणिमा लम्सालले भने चुम्बन दिवसको बारेमा केहि प्रतिक्रिया दिन मानिनन् । बिहेको समारोहमा रहेकी यि चुम्बन नायिकाले यस्तो समारोहमा चुम्बनको बारेमा बोल्नु उचित नभएको भन्दै पन्छिन खोजिन् । चुम्बनकै प्रसंगमा एउटै चलचित्रबाट चर्चामा आएकी नायिका केकी अधिकारीले चुम्बन दिवसको अवसरमा आफ्नी बहिनीलाई चुम्बन गरेकी रहिछन् । चलचित्र मसानको सुटिङमा रहेकी नायिका अधिकारीले चुम्बन दिवस भन्ने थाहा पाएर बहिनीलाई चुम्बन गरेकी भने होइनन् । आजसम्म कुनै पनि म्यूजीक भिडियो र चलचित्रमा चुम्बनको दृष्य नदिएकी नायिका केकीले घर परिबार बाहेक आफ्ना मिल्ने केही सथिहरुलाई मात्र चुम्बन गरेको सुनाइन् । पहिलो चुम्बन सानोमा आफ्नै आमालाइ गरेको बताउदै केकीले माया साट्ने माध्यम चुम्बन भएको बताइन् । तर आज भोली खुल्लमखुल्ला रुपमा कुनै मर्यादा नै नराखी चुम्बन गर्ने प्रवृत्ति प्रति उनको बिरोध छ ।
चुम्बन बारे अनबिज्ञ अर्की नायिका सुमिना घिमिरेले थाहा पाएको भए पनि चुम्बन गर्ने कुनै खास व्यक्ति नरहेको प्रतिक्रिया दिईन् । घर परिबारका बिचमा माया साटासाट गर्न किस गर्ने गरेको भए पनि अन्य कसैसंग किस निगरेको उनको प्रतिक्रिया छ । आज सम्म कुनै पनि चलचित्रमा किस नगरेको बताउने यि नायिकाले चुम्बन लिन र दिन सजिलो नभएको बताएकी छन् । उनले आत्मीय मित्र जसलाई बिश्वास गर्न सकिन्छ उसंग चुम्बन लिन र दिन सहज हुने बताएकी छन् ।