सायद नेपालका कुनै पनि क्षेत्र राजनितीबाट प्रभाव बिहिन नहोलान् । झन् कलाकारिता वा चलचित्र क्षेत्र पनि यसबाट अछुतो रहने कुरै भएन । चलचित्रकर्मीहरु पटक पटक पार्टी प्रवेशका खबरहरु त हामीले लेखैकै थियौ । पहिला राजाबादी भनेर चिनीएका कति चलचित्रकर्मीहरु अहिले माओबादी, एमाले त कोही काँग्रेस पार्टीमा प्रवेश गरेर चर्चामा आउने गरेका छन् । त्यसो त देशमा राजनीतिक परिवर्तन धेरै नै भैसके पनि आफुहरु अझै राजाबादी कलाकारको रुपमा चिनाउने कलाकारहरु पनि धेरै नै छन् यहाँ ।
प्रसंग पूर्वराजा ज्ञानेन्द्र शाहको आज परेको जन्मदिनको हो । ज्ञानेन्द्रले आज जन्मदिन मनाइ रहदा नेपाली चलचित्रकर्मीहरु पनि जन्मदिनको शुभकामना दिन ज्ञानेन्द्र निवास पुगेका थिए । । यहि क्रममा नेपाली चेली तथा बलिउडकी चर्चित नायिका मनिषा कोईराला पूर्वराजालाई जन्मदिनको शुभकामना दिन निर्वल निवास पुगिन् । नेपालको राजनितीमा प्राय शिर्ष स्थानमा नै रहेर चर्चा कमाएको कोइराला परिवारकी यि चेली पछिल्लो समय आफ्ना काका, दाजु, दिदिहरु गणतन्त्रबादी भए पनि आफ्नो राजनितिक आस्थालाई परिवर्तन गर्न सकिनन् र उनि राजाबादी भएको बताउदै नेपालमा राज संस्थाको आवश्यकता अझै रहेको बताउदै आएकी छन् ।
उनले आज पूर्वराजाको जन्मदिनमा सहभागी भै शुभकामना दिए पछि गणतन्त्र अघि राजाको जन्मदिनमा जती मान्छे दरबारमा आउथे त्यति नै मान्छे शुभकामना दिन आज पनि आएको बताइन् भनी साहित्यकार नरेन्द्रराज प्रसाइले मनीसा कोइराला र आफ्नो फेसबुक एकाउण्टमा लेखेका छन् । साथै उनले मनिषाले फुलमाला लगाएर शुभकामना दिए पछि नेपालीको उत्साह भन्ने प्रतिक्रिया दिएको समेत उल्लेख गरेका छन् ।
यस्तै पूर्वराजालाई जन्मदिनको शुभकामना दिन नायक शिब श्रेष्ठ पनि पुगेका थिए । पूर्वराजालाई शुभकामना दिए पछि उनले सारा नेपाली शुभकामना दिन आएको बताए । उनले भने, 'म मात्र हैन सिंगो नेपाल नै त्यहि थियो ।' नेपालमा अझै राजाको आवश्यकता देख्नै यि कलाकारहरुले राजालाई जन्मदिनको शुभकनामना दिएका छन् ।